७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

जिल्ला अस्पतालकाे एक्सरे सेवा ठप्प

डोल्पा - जिल्ला अस्पताल डाेल्पाबाट दिइने एक्सरे सेवा ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन्। भदौ १९ गते जैरीगाड जलबिद्युत केन्द्रको नहर तीन ठाउँमा पहिरो आई भत्काएपछि अवरुद्द भएको बिद्युत सुचारु नहुँदा जिल्ला अस्पताल डोल्पाबाट दिइने एक्सरे सेवा ठप्प भएकाे हाे।

बिद्युत अवरुद्ध भएपनि सोलार पावरबाट ल्याव टेस्ट,भिडियो एक्सरे सेवा संचालनमा ल्याइएकाे तर सोलारको पावरले वेलेन एक्सरे मेसिन नचलाएपछि समस्या आएको जिल्ला अस्पताल डोल्पाका निमित्त प्रमुख डाक्टर हिम विक्रम शाहीले बताए। बिद्युत अबरुद्ध भएपनि जेनेरेटरबाट एक्सरे सेवा संचालन गर्ने तयारी गरिएकाे थियाे तर जेनेरेटरमा समेत खराबी आएपछि सेवा ठप्प भएको डाक्टर शाहीले बताए। दुई तिन पटक जेनेरेटर मर्मत गरिएपनि नबनेपछि उपचारका लागि अस्पतालमा आउने बिरामीलाई अन्यत्र ठाउँमा रिफर गरिने गरिएको छ।

जिल्ला अस्पताल डोल्पामा बिद्युतको अभावमा एक्सरे मेसिन लगायतका अन्य सेवाहरु संचालनमा ल्याउन नसकिएको र बैकल्पिक व्यवस्थाका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नगरपालिका लगायतका विभिन्न निकायमा पत्रचार गरि सकिएको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालमा झाडापखला, रुघाखोकी, छाला सम्बन्धि, दमका बिरामीहरु बढी आउने गरेका छन्।

 

प्रकाशित: २९ भाद्र २०७५ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App