coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘५० दिन भयो,निर्मला हत्या छानविनमा किन अलमल र ढाकछोप गर्छौ सरकार’

काठमाडौं– कञ्चनपुर घटना अनुसन्धानबारे गृहमन्त्री रामबहादुर थापाले संसदलाई गुमराहमा राख्न खोजेको आरोप प्रतिनिधिसभाका सदस्यहरुले लगाएका छन्। संसदलाई स्पस्ट जानकारी दिन माग गरिए पनि घटना भएको ५० दिनसम्म पनि गोलमटोल जवाफ दिएर अपराधी जोगाउन खोजिरहेको उनीहरूकाे भनार्इ थियाे। 

प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री थापाले पीडित परिवारलाई क्षतिपूर्ति दिएको, घाइतेलाई उपचार गरिरहेको, अनुसन्धान गम्भिर रुपमा चलिरहेको तथा छानविनको परिणाम छिटो भन्दा छिटो आउने बताएका थिए।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जघन्य अपराध अनुसन्धानमा राज्यको संवेदनशीलता नदेखिएको भन्दै सरकार अपराधीको बचाउ र ढाकछोपमा लागेको बताए। त्यस्तै सांसद दिलेन्द्रबढुले छानविन समितिका सदस्य वीरेन्द्र केसीलाई ज्यानमार्ने धम्की दिनेलाई पहिचान गरे अपराधी पत्ता लाग्ने तर सरकारले त्यसो नगरेको भनाइ राखे।

सांसद अमरेश कुमार शिहले राज्य कुनै शक्ति शाली अपराधीलाई जोगाउन उद्दत रहेको भन्दै आलोचना गरे। सांसद राजेन्द्र लिङदेनले प्रारम्भिक चरणमा घटना लुकाउन खोज्ने, प्रमाण मेटाउने प्रहरी अधिकारीबाट छानविन थाल्दा तथ्य पत्ता लाग्ने भए पनि सरकारले कसैलाई लुकाउन छानविनमा अलमल गरिरहेको आरोप लगाए। 

सांसद सुजाता परियारले अपराधीलाई जनताले चिनिसकेको तर सरकारले २ महिनासम्म पत्ता नलगाएको भन्दै गृहमन्त्रीको जवाफमा विश्वास गर्ने आधार नभएको भन्दै आक्रोश पोखिन्। सांसद सितादेबी यादवले सरकारले अपराधी लुकाउन अनेक षड्यन्त्र गरिरहेको आरोप लगाइन्।‘ गृहमन्त्रीले सबैकुरा गोलमटोल गरेर सत्य लुकाउन खोज्नुभयो,’ उनले भनिन्।

सांसद महेन्द्रा लिम्बुले गृहमन्त्रीले संसदमा नटक गरिरहेको भन्दै एसपी(डिल्ली विष्ट), उनको छोरा(किरण विष्ट)र भिमदत्त नगरपालिकाका मेयरका भतिज(आयुष विष्ट)लाई जोगाउन लागि परेको भन्दै जनता संर्घषका लागि सडक र संसदमा आउने चेतावनी दिए।

पूर्व मन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले पनि अपराधिक घटनालाई राजनीतिकरण गरिएको भन्दै सरकारको आलोचना गरे। रात राहयो अग्राख पलायो भने जस्तै भयो,’ उनले भने, राज्य, प्रहरी र राजनीतिककर्मी मिलेर प्रमाण मेटाउने र गलतमान्छे पक्राउ गर्ने नाटकीय गतिविधि भइरहेको छन्।’

राष्ट्रिय जनमोर्चाकी सासद दुर्गा पौडेलले सरकारले अपराधीलाई जोगाउन निर्दोश रहेका मानसिक अवस्था ठीक नभएका दीलिप विष्टलाई पक्रिएको भन्दै उनलाई क्षतिपूर्ति दिन माग गरिन।

सांसदहरुको आक्रोशपूर्ण अभिब्यक्ति सुनेपछि गृहमन्त्री थापाले छानविनको जवाफ कहिले आउने भन्नेमा मिति तोक्न सक्ने अवस्थामा आपूm नरहेको तर छिट्टै आउने प्रतिकृया दिए। उनले अनुसन्धान समिति सदस्य वीरेन्द्र केसीलाई  धम्क्याउने व्यक्तिबारे आफूलाई जानकारी नभएको प्रष्ट पारे। ‘उहाँलाई धम्क्याउने शक्ति शाली ब्यक्तिबारे उहाँ(वीरेन्द्र केसी)लाई नै थाहा होला,’ उनले भने,‘ हामीलाई भन्नु भएको छैन।’ 

साँसदहरुको तीव्र असन्तुष्टिमा सहमति जनाउदै मन्त्री थापाले आफू पनि असन्तुष्ट नै रहेको जवाफ दिएका थिए।‘मेरो जवाफ चित्त बुझेन भन्नु भयो,’ उनले भने, सरकारलाई पनि चित्त बुझेको छैन्। अपराधी पत्ता लगाएपछि मात्र चित्र बुझाउने छौं।’

 

प्रकाशित: २९ भाद्र २०७५ ०८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App