coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मिशन अस्पतालका कुचिकार मृत भेटिए

पाल्पा – तानसेनको युनाइटेड मिशन अस्पताल कुचिकार अस्पताल नजिकै फोहोर फाल्ने स्थानमा मृत भेटिएका छन्। तानसेन नगरपालिका मिशनटोल घर भएका ३९ वर्षीय सुनिल क्षेत्रीको शव अस्पतालबाट १ सय मिटर पर खल्लुकधारामा क्षतविच्छेद अस्थिपञ्जरमात्र बाँकी रहेको अवस्थामा फेला परेको हो।

पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले मिशन रोडबाट तल लडेर उनको मृत्यु भएको प्रारम्भीक अनुमान गर्न सकिने बताए। उनी भन्छन्, ‘केही नशालु पदार्थ सेवन गरेर लडेर मृत्यु भएको हुन सक्छ। कपडा घिस्रिएर च्यातिएको छ। परिवारले सुनिलको लास हो भनेका छन्। हामी पोष्टमार्टम गर्छौ।’ उनले घटनाका सम्बन्धमा अनुसन्धानपछिमात्र थप कुरा बताउन सकिने बताए।

सुनिल गत भाद्र १० गते रात्रिकालिन ड्युटी सकेर घर गएका थिए। पुन ११ गते काममा नफर्किएपछि उनको खोजी कार्य अगाडी बढाइएको मिशन अस्पतालका ड्युटी इन्चार्ज गणेश घिमिरेले बताए। कार्की २०६९ सालदेखी युनाइटेड मिशन अस्पतालमा कुचिकार पदमा कार्यरत कर्मचारी हुन्। उनका बुबा र भाईले शव हेरेर आफन्तको भएको बताएका हुन्।

खल्लुकधारा क्षेत्रमा केही दिनदेखी के गन्हाएको भन्दै झाँङमा हेर्ने क्रममा उनको शव बिहान १०ः३० बजे स्थानीयले भेटेको प्रहरीले जनाएको छ। उनी लागुऔषध सेवनकर्ता समेत रहेको स्थानीयबासी बताउँछन्। 

 

प्रकाशित: २९ भाद्र २०७५ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App