काठमाडौं – एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको ‘रिचार्ज एन्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एन्ड विन’ १० हप्ता सम्ममा सञ्चालन हुने अफर हो।
१० भाग्यशाली विजेता ग्राहकमध्ये दुईजनाले बिहीबार जनही नगद एक–एक लाख पुरस्कार पाएका छन्। तीन अन्य विजेताले आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले सोही अनुरुप उनीलाई दोस्रो हप्ताका विजयी ग्राहकसँगै पुरस्कार हस्तान्तरण गर्ने बताएको छ । पहिलो हप्ताका थप पाँच विजेताको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको र प्रक्रिया समापन लगत्तै नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ।
एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज निर्देशक महेन्द्रकुमार भट्टचनले झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहीबार जनही १ लाख नगद पुरस्कार प्रदान गरेका हुन्।
‘रिचार्ज एन्ड विन’ अफर भदौ १७ गतेबाट सञ्चालनमा छ । यस योजनामा सप्ताहभर सय रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन्।
प्रकाशित: २९ भाद्र २०७५ ०६:३१ शुक्रबार