७ वैशाख २०८१ शुक्रबार
कला

‘कभर्डेड’ मा आशिषको डेब्यु

काठमाडौं – नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित रेडियो नागरिकले मनोरञ्जनसँग सम्बन्धित दुई कार्यक्रम सञ्चालन गर्ने भएको छ । रेडियोले ‘कभर्डेड’ र ‘दि बिग ब्रेक’ नामक दुई कार्यक्रम सञ्चालन गर्न लागेको हो।

रेडियोका अनुसार सेप्टेम्बर १६ अर्थात आगामी आइतबारदेखि सुरु हुने ‘कभर्डेड’ कार्यक्रममा संगीतमा भविष्य खोजिरहेका आशिषमान ढंगोल प्रस्तुत हुनेछन् । आफूलाई मन पर्ने गीतको कभर गाउँदै आएका आशिष रेडियोको पहिलो रोजाइ बन्न सफल भएका हुन् ।  आशिषले रेडियोले सुरु गर्न लागेको पहिलो कार्यक्रममा छानिन पाउँदा खुशी लागेको बताए। 

‘मैले रेडियो नागरिकको फेसबुक पेजमा लाइक गरेपछि यो कार्यक्रम प्रसारण हुन लागेको र त्यसका लागि कभर गीत चाहिएको लेखेको देखें,’आशिषले भने,‘मसँग धेरै कभर गीत थिए । बर्तिका इयाम राईको गीत ‘नजिक’को कभर गीत बनाएको थिएँ । एक वर्ष अघि बनाएको यही गीतलाई मैले रेडियोको फेसबुकमा राखेको थिएँ । त्यहाँ राखेको १,२ दिन पछि मेरो मोबाइल नम्बर रेडियोले माग्यो । अनि म पहिलो कार्यक्रममा छानिएको खबर आयो ।’ आशिषका अनुसार गीतको भिडियो मात्र बनाउँन बाँकी छ । आशिषले यो कार्यक्रममा बर्तिका इयाम राईको गीत ‘नजिक’को कभर गीत गाउनेछन्। 

रेडियोको कार्यक्रममा आशिषले गीतसँग जोडिएका विविध विषयमा अन्तरवार्ता दिने बताए । ‘रेडियोमा अन्तरवार्ता दिन पाउने खबरले म खुशी छु । यो साता म अन्तरवार्ता दिनेछु भने अर्को साता रेडियोमा गीत गाउनेछु,’उनले भने,‘कुन गीत गाउँछु भन्ने निश्चित भइसकेको छैन ।’ रेडियो नागरिकले अर्को भाग सेप्टेम्बर ३० मा प्रसारण गर्ने जनाएको छ। 

प्रकाशित: २९ भाद्र २०७५ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App