coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बसुन्धरालाई लाइफटाइम, भुवनलाई सम्मान

काठमाडौं – आगामी आइतबार जापानको टोकियोमा सम्पन्न हुन गइरहेको ‘सूर्य इन्टरनेसनल अवार्ड–२०१८’ मा नेपाली फिल्मको विकास तथा बिस्तारमा सक्रिय दुई कलाकार तथा दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ।

अवार्ड  समारोहमा ३ दशकभन्दापनि बढि समय फिल्म क्षेत्रमा निरन्तर क्रियाशील बरिष्ठ चलचित्रकर्मी तथा अभिनेत्री बसुन्धरा भुषाललाई सूर्य लाइफटाइम एचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मान गर्न लागिएको हो। 

यस्तै तीनदशक देखिलगातार फिल्म क्षेत्रमा क्रियाशील रहँदै फिल्म क्षेत्रलाई अभिनय तथा निर्माणबाट योगदान पुर्याउँदै आएका सदावहार नायक भुवन केसीलाई सूर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मान गर्न लागिएको आयोजक संस्था सूर्य कर्पोरेसनका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन्।

यसैगरी कला तथा मनोरञ्जन बिटमा डेढ दशकदेखि कलम चलाइरहेका नागरिक दैनिकका पत्रकार सामीप्यराज तिमल्सेनालाई सूर्य चलचित्रपत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो । कार्यक्रममा एक दशकदेखि फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकार श्रीधर पौडेललाई सूर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो।

सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा अवस्थितना कानो जेरो हलमा आगामी आइतबार अवार्ड समारोहमा प्रदान गरिनेछ । कलाकारहरूको कामको मूल्याङ्कन तथा उर्जालाई साथ र सहयोग पुग्ने गरी अवार्ड समारोह आयोजना गर्न लागेको बासुदेव लामिछानेले जानकारी गराएका छन् । समारोहमा फिल्मका ६ विधा र गायनका ६ विधा गरी १२ विधामा अवार्ड वितरण गरिनेछ। 

पर्यटन प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली फिल्म प्रदर्शनलाई प्रभावकारी बनाउन सूर्य इन्टरनेसनल अवार्ड आयोजना गर्न लागिएको बासुदेव लामिछानेले बताएका हुन् । अवार्ड समारोहमा साँस्कृतिक प्रस्तुतिहरू सहितको भव्य कार्यक्रम पनि आयोजना हुनेछ । शुक्रवार ४ दर्जन बढि कलाकारहरू समारोहमा सरिक हुन जापान लाग्दैछन्।

प्रकाशित: २९ भाद्र २०७५ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App