८ वैशाख २०८१ शनिबार
कला

आर्ट काउन्सिलमा कला उत्सव

काठमाडौं – हिमालयन आर्ट फेस्टिभलको भव्यताले अहिले नेपाल आर्ट काउन्सिलमा कला पारखीहरुलाई तानिरहेको छ । वरिष्ठदेखि कनिष्ठ कलाकार तथा सबै कला विधाको मिश्रणले फेस्टिभल गजबको बनेको छ।

१८ वरिष्ठ कलाकारको कला समावेश फेस्टिभलमा उत्तम नेपालीदेखि जीवन राजोपाध्यायको कला समावेश छ । पौभा विधामा २२ जना कलाकारहरुको सिर्जना समावेश गरिएको छ । फेस्टिभलमा ३७ युवा कलाकारहरुको काम प्रदर्शनीमा राखिएको छ। 

प्रिन्ट माध्यममा उमाशंकर शाहदेखि अमन महर्जनसम्म दश कलाकारका सिर्जना प्रदर्शित छन् । मूर्तिकला विधामा गोविन्दनारायण ज्यापूदेखि विष्णुप्रसाद श्रेष्ठसम्म १४ जना मूर्तिकारका मूर्ति प्रदर्शित छन् । सेरामिक विधाका हस्ती गोपाल कलाप्रेमी श्रेष्ठलगायत अन्य पाँच जनाको सेरामिक कला पनि फेस्टिभलको आकर्षण बनेको छ। 

प्रतिस्थपान कलामा मनीषलाल श्रेष्ठ, जुपिटर प्रधानलगायतका कलाकारहरुको काम प्रदर्शित छन् । फोटोग्राफीमा मणि लामा, मीन व्रजाचार्यलगायत ११ फोटोग्राफरका आकर्षक फोटा प्रदर्शनी छन्।

फेस्टिभलको आकर्षक भनेको दैनिक हुने प्रस्तुती हुन् । प्रदर्शनीको दोस्रो दिन सलिल सुवेदीको सांगीतिक प्रस्तुत रहेको थियो भने बिहीबार समकालीन चित्रकला बारे कलाकारको संवाद कार्यक्रम आयोजना गरिएको थियो।

शुक्रबार विन्दूको संयोजकत्वमा प्रदर्शनकारी कला देखाइने छ भने शनिबार बालबालिका लक्षित चित्रकला कार्यक्रम तथा एक्टर स्टुडियोको प्रस्तुति रहने छ । प्रदर्शनी शनिबारसम्म चल्नेछ।

 

प्रकाशित: २९ भाद्र २०७५ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App