८ वैशाख २०८१ शनिबार
खेल

राष्ट्रपति नै जर्सी लगाउँदै मैदानमा

जोहानेसबर्ग – लाइबेरियाका राष्ट्रपति तथा पूर्व विश्व वर्षखेलाडी जर्ज वेहले मंगलबार आश्चर्यजनक रूपमा मैदानमा पुनरागमन गरेको दिन टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नाइजेरियालाई २–१ को नतिजा सुम्पिएको छ । वेह ५१ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट मैदान फर्किएका हुन्।

मोनरिभियामा भएको उक्त मैत्रीपूर्ण खेल राष्ट्रपति वेहले राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्दा लगाउने जर्सी नम्बर १४ को बिदाइका लागि आयोजना गरेका थिए । उनी १९९५ मा विश्व वर्षखेलाडीका साथै, युइएफए वर्ष खेलाडी र  अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका थिए।

वेह गत डिसेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्दै लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी युरोपियन र विश्व वर्ष खेलाडी घोषित हुने एक मात्र अफ्रिकन खेलाडी हुन् । उच्च स्थानबाट खेल नियाल्नु सट्टा राष्ट्रपति वेह राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै मैदान उत्रिएका थिए । आफ्नो समयका सर्वकालीन खेलाडी वेहले मैदानमा पुनः एक पटक आफ्नो फुटबल कला देखाएका थिए । उनी समय सकिन १२ मिनेट बाँकी हुँदा मैदानबाट बाहिरिएका थिए।

उच्च स्थानबाट खेल नियाल्नु सट्टा राष्ट्रपति वेह राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै मैदान उत्रिएका थिए।

वेह वैकल्पिक खेलाडीलाई स्थान दिँदै मैदान बाहिरिएपछि उपस्थित समर्थकले उनलाई तालीको गडगडाहटले सम्मान दिएका थिए । लाइबेरियामा फुटबल सबैभन्दा प्रसिद्ध खेल हो । उनका समकक्षीले वेहको सम्मानमा ‘धन्यवाद जर्ज’ लेखेको टिसर्ट लगाएर सम्मान दिएका थिए । वेहले १६ वर्षअगाडि अफ्रिकन कप अफ नेसन्स प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए । लाइबेरिया पछिल्लो पटक २००२ मा अफ्रिकन कप अफ नेसन्समा छनोट भएको थियो।

फिफा वरीयतामा १ सय ५८औं स्थानमा रहेको लाइबेरिया ५४ अफ्रिकन मुलुकमध्ये ४७औं स्थानमा छ । वेहले चेल्सी, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मन (पीएसजी), मोनाको, मार्सेल्ली र एसी मिलानबाट व्यावसायिक खेल खेलेका थिए।

पहिलो हाफमा हेन्री ओन्येकुरु र सिमियोन एनवान्कोको गोलमा नाइजेरियाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो। खेलको अन्तिम समयमा सेरमान क्लाबले पेनाल्टीमा गोल गर्दै लाइबेरियालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल भएन।

प्रकाशित: २९ भाद्र २०७५ ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App