८ वैशाख २०८१ शनिबार
समाज

भलले बगाएर एकको मृत्यु, एक बेपत्ता

पोखरा- पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण बजारमा आएको भलले बगाउँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। 

पोखरा उपमहानगरपालिका वडा नंं १६ लामाचौर, गैराबारीका ५६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो । भलले बगाएर घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पोखरा–१७ विरौटा चोकबाट भलले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । हुलिया खुल्न नसकेका उनको फेवा सिँचाइ नहर बिरुवा फाँटमा खोजी भइरहेको प्रहरीले जनाएको छ । 

बाढीकै कारण जोखिममा परेका पोखरा–२६ चङ्खपुरका १३ जनालाई प्रहरीले राति नै उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । रासस 

प्रकाशित: २ आश्विन २०७३ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App