५ वैशाख २०८१ बुधबार
खेल

सम्झौता अवधि बढाउँदै नाचो

लन्डन – स्पेनका  रक्षक नाचो मोनरियलले इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलसँग नयाँ सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएका छन्। 

क्लबसँग नाचोको सम्झौता एक वर्ष बाँकी छ । तर आर्सनल स्पेनिस रक्षक नाचोको सम्झौता नवीकरण गर्दै उनलाई इमिरेट्समै राख्ने योजनामा छ । आर्सनलका लागि १ सय ६५ खेल खेलेका ३२ वर्षे नाचो २०१३ मा स्पेनिस क्लब मालागाबाट लन्डन आएका थिए । उनले आर्सनलका लागि ७ गोल गरेका छन्। 

‘यो अवस्थामा हामीले क्लबसँग कुरा गरिसकेका छौं । म क्लब बसाइबाट सन्तुष्ट छु, आर्सनलबाट आफ्नो खेल देखाउन पाउँदा खुसी पनि छु,’ नाचोले भने, ‘आर्सनल अनुबन्धित भएको ६ वर्ष भयो, मेरो यहाँ सम्बन्ध निकै राम्रो छ । समयसमयमा हाम्रो सम्झौता हुने गरेको छ । खुसी छु । जुन खेलाडीका लागि निकै महत्वपूर्ण पक्ष हो।’ 

मोनरियाल सधैं आर्सनलको रक्षापंक्तिका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । त्यसैले उनी नयाँ प्रशिक्षक युनाइ इमिरेको टोली पुनर्निर्माणको लक्ष्यमा पनि महत्वपूर्ण सदस्य बन्न सक्छन्।

‘मेरो शारीरिक अवस्थाले साथ दिने समयसम्म फुटबल खेल्ने हो, तर अन्त्य भन्ने कहिले हुन्छ थाहा छैन, जुन निकै टाढा  रहेको छ,’ नाचोले भने, ‘मेरो विश्वास छ, शारीरिक अवस्थाले मलाई साथ दिनेछ, तर भविष्य कसैले जान्दैन । कुनै समय समस्या आउन सक्छ, घाइते हुने सम्भावना पनि उत्तिकै छ । सबै समय सय प्रतिशत खेल देखाउन सम्भव नहुन पनि सक्छ । तर अहिले म मेरो खेलमा सन्तुष्ट छु र संन्यासको मनसायमा भने छैन्।’

 

प्रकाशित: २९ भाद्र २०७५ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App