coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

इन्द्रजात्राको लिंगो भित्र्याइयो

इन्द्रजात्राको लागि भक्तपुर नालास्थित जंगलबाट लिंगोे काटेर ल्याइएको छ । लिंगोे काट्नका लागि गत मंगलबार मानन्धर टोली भक्तपुरतर्फ पस्थान गरेको थियो । टोलीले ४८ फिट लामो लिंगोेलाई बिहीबार भोटाहिटीमा ल्याएर राखेको छ । इन्द्रजात्राको लिंगो काट्न साइत हेराउने चलन छ । साइत अनुसार लिंगो काट्न हिँड्ने साइत मंगलबार ११ बजेर ४९ मिनेट जादाँको समय जुरेकाले मानन्धर टोली त्यहाँ पुगेर लिंगो काटेको थियो।

इन्द्रजात्रा विभिन्न जातजाति मिलेर व्यवस्थापन गर्दै आएका छन् । त्यसमध्ये लिंगो व्यवस्थापन गर्ने जिम्मा मानन्धर समुदायको हो । हरेक वर्ष भदौ शुक्ल द्वितीय तिथिमा लिंगो काट्ने साइत जुराउने चलन छ । नालामा काटेको लिंगो घर्सादै÷लतार्दै काठमाडौंको भोटाहिटीमा ल्याइएको थियो । अष्टमी तिथिमा भोटाहिटीबाट हनुमानढोका दरबार लैजाने गरिन्छ । आगामी असोज ५ गतेदेखि सुरु हुने इन्द्रजात्राको तयारीमा स्थानीय जुटेका छन् । यो जात्रा आठ दिनसम्म चल्छ । जात्रामा लगिने विभिन्न रुटका बाटो बनाउने, स्वयंसेवक जुटाउने, आर्थिक स्रोत व्यवस्थापन गर्नेलगायत कार्य भइरहेको इन्दजात्रा व्यवस्थापनको जिम्मा पाएका गणपतिलाल श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार इन्द्रजात्रामा मुख्यतः लिंगो स्थापना गर्ने, नाचगान गर्ने र रथयात्रा गर्ने गरिन्छ । भदौ शुक्लपक्ष ‘यलाथ्व द्वादशी’का दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको जात्रा ‘यंलागाः चौथी’मा इन्द्रध्वजपतनपछि सकिन्छ । आठ दिने जात्रामा विशेष गरी कुमारी, भैरव र गणेशको पूजा गरिन्छ । यस अवधिमा अनुहारमा विभिन्न देवी देवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई उपत्यकाका नेवार समुदायका गुठी र समूहका सदस्य नाच्ने गर्छन्।

इन्द्रजात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिएको कालो बोकोलाई काभ्रेको नालास्थित जंगलमा छाड्दा उसले सबैभन्दा पहिले छोएको रूखलाई काटेर लिंगो बनाउने चलन छ । यसरी तयार पारिएको ‘योंसी’ अर्थात् लिंगोलाई वसन्तपुर दरबार क्षेत्रको हनुमानढोकास्थित काल भैरवअगाडि तान्त्रिक विधिबाट पूजा गरेर ठड्याउने गरिन्छ।

प्रकाशित: २९ भाद्र २०७५ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App