coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘कस्मेटिकले हैन, कर्मले सुन्दर देखिन्छ’

भक्तपुर, सुकुुलढोकाका ७८ वर्षीय निरन्जनलाल कर्माचार्यले कस्मेटिक पसलमा समय बिताएको ७ दशक भइसक्यो। बाजेको पालादेखि नै सौन्दर्यका सामग्रीको व्यवसाय रहेको उनले सुनाए । त्यसैले उनी  बाल्यकालदेखि नै पसलमा बस्न थाले।

दुई छोरा र एक छोरीका पिता कर्माचार्यको पसलमा  सौन्दर्यका पुराना तथा आधुनिक दुवै सामग्री पाइन्छन्। विगतका दिनमा चुरा, पोते, धागो र टीका सौन्दर्यको प्रमुख सामग्री हुने गरेकोमा अहिले आएर अनगिन्ती सामान आएको उनी सुनाउँछन्।

बजारमा जतिसुकै सौन्दर्यको सामग्री भए पनि मानिसको उत्तम कामले उसलाई राम्रो बनाउने उनको बुझाई छ । ‘यी सबै बाहिरी सौन्दर्य बढाउने सामग्री मात्र हुन्,’ उनले हास्दै भने, ‘मानिस आफ्नो कर्मले खासमा सुन्दर देखिन्छ।’

प्रस्तुति : उपेन्द्र लामिछाने

प्रकाशित: २९ भाद्र २०७५ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App