coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माडुरो चीन भ्रमणमा, आर्थिक सुधारबारे छलफल हुने

बेइजिङ – भेनेजुएलाको आर्थिक संकटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलस माडुरो बिहीबार चारदिने चिनियाँ भ्रमणका लागि निस्किएका छन्।

भेनेजुएलाको सबैभन्दा ठूलो ऋणदाता चीनमा रहँदा माडुरोले भेनेजुएलाको आर्थिक तथा राजनीतिक संकटलाई पार लगाउने विषयमा चिनियाँ राष्ट्रपतिलगायतका उच्च पदस्थ अधिकारीसँग कुराकानी गर्ने बताइएको छ।

‘भ्रमण अत्यन्तै आवश्यक, समयोचित र धेरै अपेक्षाकासाथ गर्न लागिएको छ,’ राजधानी कराकसबाट चीनका लागि छुट्नु पहिले माडुरोले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बताए । ‘आर्थिक सुधारका कार्यक्रमपछि अहिले हामी केही सहज अवस्थामा रहेका छौँ । हाम्रो आगामी यात्रा आर्थिक विकास र समृद्धिका लागि हुनेछ । हामी विश्वका शक्तिराष्ट्रसँगको सम्बन्ध विस्तार गर्ने तथा प्रगाढ बढाउनेतर्फ लागिपरेका छौं,’ चीन भ्रमणमा निस्कनुभन्दा अघिल्लो दिन बुधबार टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति माडुरोले बताएका थिए । माडुरो आइतबारसम्म चीनमा रहने चिनियाँ समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार माडुरोलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले एक कार्यक्रमबीच स्वागत गर्ने छन् । नियमित पत्रकार सम्मेलनमा भेनेजुएलाका राष्ट्रपतिको भ्रमणबारे गरिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता सुवाङले भने,‘ भेनेजुएली राष्ट्रपतिको यो भ्रमणले दुई देशबीचको आपसी विश्वास बढाउनुका साथै आपसी फाइदा तथा मित्रवत सहकार्यलाई बलियो बनाउनेमा सफल हुनेछ ।’ सामाजिक प्रतिक्रियाका आधारमा पछिल्लो सरकारले आर्थिक तथा वित्तीय सुधारका कार्यक्रमलाई प्रोत्साहित गरेको उनले बताए ।  ‘मलाई लाग्छ भेनेजुएलाको स्थायी विकास सबै सम्बद्ध पक्षको हितका लागि हुनेछ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता सुवाङले बताए । ओपेक सदस्य राष्ट्र भेनेजुएलालाई चीनले विगत एक दशकमा ५० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएको थियो । जसमध्ये पेट्रोलियम पदार्थ आपूर्तिमार्फत् ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएलाले ३० अर्ब अमेरिकी डलर फिर्ता गरेको छ भने अझै २० अर्ब अमेरिकी डलर ऋण तिर्न बाँकी छ । माडुरोको चीन भ्रमणमा थप ५ अर्ब ऋण थप्ने र पूरानो ऋणको म्याद आगामी छ महिना बढाउने कार्यक्रम रहेको भेनेजुएलाको एउटा संस्था इकोनालिटिकाले जनाएको छ ।

यसै साता चीनको भ्रमण गरेका भेनेजुएली उपराष्ट्रपति डेल्सी रोड्रिगेजले चाइना डेभलपमेन्ट बैंकका अधिकारीसँग पनि यसै विषयमा भेट गरेका थिए । भेनेजुएलामा जारी आर्थिक संकटका कारण देशको राष्ट्रिय मुद्रामा व्यापक गिरावट आएको छ।

प्रकाशित: २९ भाद्र २०७५ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App