७ वैशाख २०८१ शुक्रबार
समाज

जाजरकोटमा उपचार गराउन मेडिकल गएकी एक महिलाकाे ज्यान गयाे

जाजरकोट । जाजरकोटमा मेडिकलमा उपचार गराउन गएकी एक महिलाको ज्यान गएको छ।

जिल्लाको छेडागाड नगरपालिका–१० नल्फुकी ३८ वर्षिया पन्चकलानाथ योगिको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक लोकबहादुर बिष्टका अनुसार मुटु दुखेको भन्दै स्थानीय थलह बजारको सल्याली मेडिकल हलमा पुगेकी नाथको उपचारकै क्रममा मृत्यु भएको हो।

नाथको मृत्यु भएपछी प्रहरीले उक्त मेडिकलका सञ्चालक तिलक बोहोरालाइ पक्राउ गरेको छ। उपचारमा लापर्बाही गरेर नाथको ज्यान गएको उनका आफन्तले आरोप लगाएक छन्।

५ बर्ष अघि श्रीमानको मृत्यु भएर एकल जीवन बिताइरहेकी नाथका २ छोरा र एक छोरी छन्। घटनाबारे अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित: २९ भाद्र २०७५ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App