coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वारेकोटवासीले अझै पाएनन् चामल



 जाजरकोट–दुई सातादेखि खाद्य संकटको सामना गरिरहेको वारेकोट क्षेत्रमा सरकारले अझै चामल पु¥याउन सकेको छैन। गाउँमा सहुलियत दरको चामल नभएपछि स्थानीय व्यापारीहरुले पसलमा राखेको सिमित चामलको मूल्य दोब्बर गराएका छन्। 
स्थानीय गणेशवहादुर सिंहका अनुसार ४० रुपैया पर्ने चामलको मुल्य  प्रतिकिलो ८० रुपैया पुगेको छ।  यसले विपन्न नागरिकलाई समस्या रहेको उनले बताए। नेपाल खाद्य सस्थानको जाजरकोट कार्यालय र प्रमुख जिल्ला अधिकारीले वारेकोटको घाट डिपोमा ५२ क्वीन्टल चामल मौजदात रहेको बताए पनि  उक्त डिपोमा ३० क्वीन्टल मात्र चामल रहेको पाइएको छ। 
वारेकोटको खाद्य संकट टार्न जिल्ला खाद्य व्यवस्थापन समितिको वैठकले १२ सय क्वीन्टल चामल तत्काल पुरयाउने निर्णय गरेपनि अहिलेसम्म आपूर्तिको कुनै सुरसार नभएको पिडित स्थानीयहरु वताउछन् ।
खाद्य सस्थानले दुइ हजार क्वीन्टल चामल आपुर्तिका लागि टेन्डर आव्हान गरे पनि टेन्डर स्व्ीकृत गरी वारेकोटमा चामल पु¥याउने कुनै सुरसार छैन।  
सरकारले समयमै दुर्गम गाउँका खाद्य डिपोमा चामल ढुवानी नगर्नाले जाजरकोटको वारेकोट क्षेत्रमा चाडपर्व नजिकिदै गर्दा खाद्य अभाव देखिएको हो । ढिलो गरि गाउँमा सिमित मात्रामा पुग्ने चामल छिटै सकिएको हो। खेतवारीको अन्न पनि  तयार नभएकोे स्थानीय कालीप्रसाद थापाले वताए ।  गाउँको सरकारी खाद्य डिपोमा चामल सकिएको ५ महिना वितेपनि  अहिले सम्म थप चामल नपुगेका कारण गाउँलेहरु वजारमा सिमिति मात्रामा रहेको  चामल दोव्वर मुल्यमा  किन्न वाध्य छन्।
  वारेकोटमा  खाद्य अभाव हुदा यहाँका  तीन दर्जनी वस्तीका  १० हजार वढी जनता खाद्य संकटवाट पिडित भएको थापाले वताए ।  अहिले गाउँमा  किनेर खाने चामल नै नपाइने उनले वताए। 
डिपोका इन्चार्ज लगायतका कर्मचारीहरु डिपोमा नबस्ने र  जिल्ला प्रयाप्त चामल भएको र स्थानीयहरु किन्न नआउने गरेको झुटो जानकारी पेस गर्ने गरेको पाइएको छ।
  बारेकोटमा भएको खाद्य संकट टार्न तत्काल चामल ढुवानी गर्न खाद्य संस्थानको केन्द्रिय कार्यालय काठमाडौं, संवन्धित मन्त्रालयलगायतका निकायमा पटक पटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको  वारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए ।
 ‘हिउँदमा परेको असिनापानीले किसानको विउसमेत नरहने गरी अन्नबाली नष्ट भएपछि त्यहाँ संकट परेको छ,’ उनले भने, ‘तर सरोकारवाला निकायले  खाद्य आपूर्तिका लागि कुनै पहल गरेका छैनन्।’ 
उता प्रमुख जिल्ला अधिकारी एवम जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष ललितकुमार वस्नेतले वारेकोटमा चामल तत्काल आपुर्ति गराउन पहल भइरहेको दाबी गरे। ‘वारेकोटको खाद्य डिपोमा चामल भएको गलत रिपोर्टिंग गर्ने कर्मचारीलाइ कारवाहिको  प्रक्रिया अघि वढाइएको छ,’ उनले भने, ‘चामल आपुर्तिका लागि  तीब्र पहल अघि वढाइएको छ।’

 

प्रकाशित: २८ भाद्र २०७५ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App