८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

युद्धविराममा पनि राेकिएन सिरियामा अाक्रमण

बेरुत– युद्धविरामका बीच पनि सिरियामा मंगलबार र बुधबारको आक्रमणमा परी ३६ जनाको ज्यान गएको छ। सिरियामा केही समय पहिलेदेखि युद्वरत पक्ष र सरकारबीच शान्तिवार्ता हुने भन्दै युद्व विराम भएको थियो। तर युद्व विरामका बीच पनि दुवैपक्षले हतियार नबिसाउँदा मृत्युको शृंखला रोकिएको छैन ।

सिरियामा सेनाले सिरियाका विभिन्न स्थानमा आइएसको हिंसा सुरु भएको भन्दै त्यसका विरुद्धमा आक्रमण थालेको बताइएको छ ।

सिरियाको एक प्रान्तीय राजधानी राकामा मंगलबारमात्र पनि इस्लामिक स्टेट समूहलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा २५ सर्वधारण मारिएका थिए ।

त्यो आक्रमणको क्रम बिहीबार पनि दोहोरिएको छ । बिहीबार भएको यस्तै आक्रमणका क्रममा थप दश जना मारिएका छन् । मारिएका दश जनामा सबैजसो सर्वसाधारण रहेको पाइएको छ ।

मंगलबार भएको हवाई आक्रमणमा ६ बालबालिकासहित २५ सर्वसाधारणको मृत्यु भएको मानवअधिकावादी समूहले जानकारी दिएको थियो । यस आक्रमण आइएसलाई लक्षित गरिएको भनिएको भएपनि सर्वसाधारण नै मारिएका थिए ।

केही दिनयता सिरियाली सैनिकले आइएसका विरुद्धमा स्थलगत तथा हवाई कारबाही थालेका छन् । सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्यान गएको छ ।  बिहीबार भएको आक्रमणमा परी दश जना सर्वसाधारण मारिएका छन् भने अन्य दर्जनौँ व्यक्ति घाइते भएका र तीमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको सिरियामा रहेका अधिकारवादी संस्थाहरुले जनाएका छन् ।  

रसियाली समर्थक सेनाबाट भएको यस हवाई आक्रमण आइएस लक्षित रहेको बताइएको छ । तर त्यसमा परी आइएसका कुनै लडाकू भने हताहत भएका छैनन् । जिहादीहरुको आक्रमणमा गत आइतबार र सोमबार गरी सिरियाको  राजधानी दमासकसमा ४० भन्दा बदी सैनिक मारिएका छन् ।

त्यसयता सिरियाली सेनाले पनि आइएस विरुद्ध भन्दै कारबाही गरिरहेको छ । मङ्गलबारको यस आक्रमणबाट सर्वसाधारण हताहत भएका यहाँको मानवअधिकारवादी संस्थाले जनाएको हो ।

सिरियामा यहाँका विद्रोही र सरकारी सेनाबीच युद्धविराम भएको बताइएको छ । केही समययता विद्रोही र सेनाबीच भिडन्त भने भएको छैन ।

तर सिरियाली विपक्षी एवम् विद्रोहीहरुले सरकारी सेनाले आइएसमाथि कारबाही गरिएको भन्ने निहूँमा केही समययतादेखि हवाई आक्रमण गर्ने गरेको जनाएका छन् ।

सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसामा परी दुई लाख भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

 

प्रकाशित: १० असार २०७३ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App