७ वैशाख २०८१ शुक्रबार
राजनीति

दोषीलाई कडा कारबाही हुन्छ : कानूनमन्त्री ढकाल

काठमाडौं- निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लगायत देशभर बढेको अपराधको श्रृङखलाको विरोधमा जवाफ माग्दै कांग्रेसले संसद अवरुद्ध गरेपछि कानूनमन्त्री भानुभक्त ढकालले अपराधिलाई कडाभन्दा कडा कारबाही हुने बताएका छन्।

कांग्रेसले १० मिनेट संसद अवरुद्ध गरेको थियो। कांग्रेसले रोल्पामा तरुण दलका नेताका हत्यारालाई पक्राउ गर्न नसक्नु, निर्मला पन्त हत्या प्रकरणका दोषी माथि कारबाही हुन नसकेको लगायतका विषयमा सरकारसँग जवाफ माग गरेका थिए। 

मन्त्री ढकालले घटनाका अन्य तथ्यगत विवरण संसदको भोलीको बैठकमा जानकारी गराउने बताएका छन्।

प्रकाशित: २८ भाद्र २०७५ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App