coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘साली कसको भेनाको’ प्रिमियर

काठमाडौं – मगर संस्कृति, परम्परा तथा पारिवारिक कथालाई प्रस्तुत गरिएको फिल्म ‘साली कसको भेनाको’को गत सोमबार राजधानीमा प्रिमियर गरिएको छ। कमेडी जनरामा बनेको यो फिल्म आगामी शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ।

भद्र भुजेलको निर्देशनमा बनेको फिल्म हेर्न कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मालगायतको विशेष उपस्थिति थियो । उनीहरुले फिल्म हेर्दा ग्रामीण क्षेत्रको झझल्को आएको बताउँदै मौलिक कथाका फिल्म हेर्न रुचाउने दर्शकलाई ‘साली कसको भेनाको’ खुराकयुक्त रहेको बताए।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा विल्सनविक्रम राई, रजनी गुरुङ, बुद्धि तामाङ, मरिष्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, प्रिया रिजाल, देव सागर, रवि गिरी, वीरेन श्रेष्ठलगायतका कलाकारको अभिनय छ।

रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ (विशाल), कमला भट्टराई र मुक्ति अधिकारी निर्माता रहेको फिल्ममा पुष्प आचार्यको लेखन, प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत र दीर्घ गुरुङको छायांकन छ।

प्रकाशित: २८ भाद्र २०७५ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App