काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अस्वीकृत गरेका दीपकराज जोशी काममा फर्केपछि उनको पेसी तोकिएको छ। प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले सपथ लिएसँगै जोशी सोमबार अदालतमा हाँजिर भएका थिए।
जोशीको इजलासमा तीन वटा पेसी तोकिएका छन्। संसदीय सुनुवाई विशेष समितिले १८ साउन मा उनलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो। त्यसपछि उनले राजीनामा दिने चर्चा चले पनि मिश्र प्रधानन्यायाधीश भए लगत्तै सर्वोच्च फर्केका थिए।
प्रकाशित: २८ भाद्र २०७५ ०६:१० बिहीबार