संसदमा प्रतिपक्षीको प्रश्न : राज्य संयन्त्र कस्को नियन्त्रणमा छ जवाफ चाहियो सरकार

बिहिबार, २८ भदौ २०७५, ११ : ४६ नागरिक

काठमाडौ – कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले अपराधीको संरक्षण गर्न र घटना ढाकछोप गर्न लागेको भन्दै प्रतिपक्षी नेपाली कांग्रसले प्रतिनिधि सभाको बैठक अवरोध ग-यो।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद वैठक सुरु भएको घोषणा गर्नासाथ काँग्रेसका सांसदहरु आफ्नो कुर्चीबाट उठेर विरोध जनाएका थिए। काँग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले दिनानुदीन नाटकीय रुपमा रहस्यमय घटना भइरहेका र अनुसन्धानमार्फत अपराधी पत्ता लगाउने भन्दा पनि राज्यसंयन्त्र घटना ढाकछोपमा लागेको आरोप लगाए।

संसदमा यसो भने बढुले

 – कञ्चनपुरको घटना राज्य संरक्षित अपराधको स्वरुप हो। दिनानुदिन अनुसन्धान टोली परिवर्तन भइरहेका छन्। घटना अनुसन्धान समितिमा संलग्न सरकारका उपसचिब वीरेन्द्र केसीले चालु अनुसन्धान प्रकृया र त्यसको विश्वसनीयतामा प्रश्न उठाएर राजिनामा दिए।

उनले मूख्य दुई कुरा उठाएका छन्। निर्मलाको आत्मा र पीडितले न्याय पाउने अवस्था छैन भनेका छन्। त्यस्तै आफ्नो ज्यान को खतरा भयो भनेका छन्, कसरी भयो उनलाई खतरा? जीवन रक्षाका लागि उनी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्त,  राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संस्थाहरुमा जान पर्ने यो अवस्था किन आयो? नेपाल सरकारकोे उपसचिब जस्ताले समेत सुरक्षित महसुश गर्न नसक्ने अवस्था किन आयो?

राज्यको सुरक्षा व्यवस्थामा समेत विश्वस्त हुन नसक्ने अवस्था किन आयो?  राज्यको संयन्त्र सरकारले चालाईरहेको छ वा अन्यले? सरकारले जानकारी नदिएसम्म संसदको बैठक चल्न सक्दैन।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad