कविडाँडाले सम्झियो कवि हरिभक्त

बिहिबार, २८ भदौ २०७५, ११ : ५० नागरिक

चितवन – जिल्लामा पहिलोपल्ट नेपाली कविता एवं गिती क्षेत्रको सशक्त नाम हरिभक्त कटुवालको ३८औं समृति दिवस मनाइएको छ। विभिन्न कविहरूले हरिभक्तका कविता वाचन गरेर सुरु भएको कार्यक्रम पुरु लम्साल निर्देशित वृत्तचित्र ‘अनि हरिभक्त फर्किएनन्’को प्रदर्शन गरेर अन्त्य गरियो।

कवि तथा निबन्धकार भूपिनले हरिभक्त गीत र कविता दुवैमा सशक्त रुपमा कलम चलाउन सक्ने खुबी भएका साहित्यकार भएको बताए । ‘यस्तो क्षमता विरलै पाइन्छ। आजको पुस्ताले हरिभक्तबाट धेरै कुराहरू सिक्न जरुरी छ ।’ उनले भने।

निबन्धकार रामबाबु घिमिरेले हरिभक्तलाई आफूले नयाँ पुस्तालाई प्रेरणा दिने कविको रुपमा पाएको बताए। ‘कटुवालले हामीलाई अभिनय पनि सिकाउनु भयो,’ ३२ सालमा नाटक ‘बसाइँ’ मञ्चनको सन्दर्भ जोडेर घिमिरेले भने, ‘हरिभक्त बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो । उहाँको नेपाली साहित्यमा ठूलो योगदान छ जुन हामीले भुल्नु हुँदैन।’

कार्यक्रमका अध्यक्ष एवं साहित्यकार एलबी क्षेत्रीले अहिलेको पुस्ताले लगभग बिर्सिन लागेको एउटा सर्जकलाई चितवनमा नै पहिलो पल्ट सम्झन पाएकोमा खुसी व्यक्त गरे। ‘हरिभक्त युवा पुस्ताको लागि प्रेरणाका स्रोत थिए र रहिरहून् भन्ने उद्देश्यले यो कार्यक्रम हामीले आयोजना गरेको हौं,’ उनले भने, ‘हामीले अग्रज पुस्तालाई सम्मान गर्ने एउटा परिपाटी बसाल्न चाहेको हौं।’

१९९२ साल असार १८ गते आसाममा जन्मिएका हरिभक्त कटुवालको अल्सर र क्षयरोगको कारण ४५ वर्षको अल्पायुमै २०३७ साल भदौ २५ गते निधन भएको थियो।

कविडाँडा साहित्य समाजले आयोजना गरेको कार्यक्रममा कवि सरिता तिवारी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, सरला रेग्मी, चेतराज रेग्मी, विजय विश्वकर्मा र रामकृष्ण अनायासले हरिभक्त कटुवालका कविता वाचन गरेका थिए।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad