coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मौलिक हकसम्बन्धी आठ विधेयक संसद्मा लैजाने तयारी

काठमाडौं - प्रतिनिधिसभाका विभिन्न समितिमा छलफलका लागि पठाइएका मौलिक हकसम्बन्धी १६ विधेयकमध्ये आठ विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने तयारी गरिएको छ। प्रतिनिधिसभाका विभिन्न समितिमा रहेका विधेयकमध्ये ८ विधेयकलाई बिहीबार बिहानसम्म टुंगो लगाई संसद्मा पेश गर्ने तयारी रहेको छ।

संसद सचिवालयले बिहीबार बस्ने संसद् बैठकको संभावित कार्यसूचीमा ८ विधेयक प्रतिवेदन पेश हुने विषय उल्लेख गरेको छ। प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बोलाइएको छ। समितिहरूले विधेयकमाथि टुंगो लगाउन नसकेका विषयमा बिहीबार बिहानै टुंगाउने तयारी गरेको राज्य व्यवस्था समिति सदस्य बृजेशकुमार गुप्ताले जानकारी दिए। सभामुख कृष्णबहादुर महरा एकहप्ता चीन भ्रमणपछि बुधबार स्वदेश फर्केका छन्।

संसद्मा आएका १६ विधेयकमध्ये वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, आवासको अधिकारसम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षा समितिको विधेयक, उपभोक्त संरक्षण विधेक, रोजगारी हकसम्बन्धी विधेयक, खाद्य अधिकारसम्बन्धी विधेयकको प्रतिवेदन बन्ने काम करिबकरिब सकिएको छ। समितिमा छलफल सकिएपछि समितिले विधेयक प्रतिवेदन संसद्मा पेश गर्नुपर्दछ।

विधेयक प्रतिवेदन पेश गरेको २४ घन्टा अर्थात् एक दिन अध्ययनको समय दिइनेछ। त्यसपछि विधेयक प्रतिवेदन र विधेयक सँगै राखेर प्रतिवेदनमाथि संसद्मा छलफल भएपछि त्यसलाई पारितको प्रक्रियामा लगिनेछ।

प्रकाशित: २८ भाद्र २०७५ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App