८ वैशाख २०८१ शनिबार
समाज

डोटीको रुवसकाँडामा बस दुर्घटना, २४ यात्रु घाइते

धनगढी – दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं. को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट बस झण्डै १०० मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। रासस

प्रकाशित: २८ भाद्र २०७५ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App