८ वैशाख २०८१ शनिबार
समाज

तस्करसँग घुस लिँदै गर्दा प्रहरी इन्चार्ज रंगेहात पक्राउ

महोत्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका इन्चार्ज सई रामबाबु प्रसाद यादवलाई घुससहित पक्राउ गरेको छ। 

तस्करसंग पाँच हजार रकम नगद घुँस लिदै गरेको अवस्थामा बुधबार अख्तियारको बर्दिबास शाखाका अधिकृत प्रकाश थापाको नेतृत्वको टोलीले प्रहरी नायव निरीक्षक यादवलाई कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो। भारतबाट भन्सार छली ल्याउने मालसमानको लाइन मिलाई दिन भन्दै सई यादवले एक सेवाग्राहीसंग घुस लिएका थिए। 

भारतबाट भन्सार छली गरेर ल्याएको मालसमान गाउँ गाउँ पु-याएको प्रहरीले महिनाबारी रकम लिएर लाइन मिलाउँदै आएका छन्। 

पक्राउ परेका सई यादवमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियार बर्दिवासका शाखा अधिकृत थापाले बताए।

प्रकाशित: २७ भाद्र २०७५ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App