coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मन्दिरमा पानी खादा कुटिएको दलितको आरोप

वीरगन्ज– पर्साकाे वीरगन्ज–१७ बहुअरीमा रहेको रहेको वीरगन्ज हेल्थ केयर होस्पिटलको सघन उपचार कक्ष (आइसियु)को बेड नम्बर १० मा ३५ बर्षे सुमन राम तथा जेनरल वार्डमा उनका साखै दाजु उमेद राम र भतिज आकाश राम भर्ना छन्। बाराको पारवानीपुर गाउँपालिका –३, लिपनी मालका उनीहरु हुन्। मन्दिरमा एक जना आफु दलितहरुको समुदायको एक बालकले धाराबाट पानी खाएपछि कुटपिट भएकोले बिरोध गर्दा कुटिएको उनीहरुले बताएका छन्।

मन्दिरका साधुको भुमिकामा रहेका स्थानीय रामदयाल यादव (बाबा) र स्थानीय दिपक यादवको अगुवाईमा आफुहरु उपर आक्रमण भएको घाइतेले बताए। अर्को पक्षले यो दलित वा गैरदलितको बिषयको बिवाद होइन भनी दावी गरेको छ। ‘दलित भनेर हेपिएको घट्ना होइन, त्यो मन्दिरमा दलित बस्तीसंगै जोडिएको छ, आजसम्म कसैले उहाँहरुलाई रोकेको छैन्,’ दिपकले भने, ‘झगडा अर्कै हो, दुबैतर्फ चोटपटक लागेको छ।’ उनका अनुसार भुलन यादवको टाउकोमा खुकुरी प्रहारबाट लागेको घाउमा ८ वटा टाँका लागेर भरतपुर रेफर भएका छन्। कृष्णा सर्राफ घाइते भएका छन्। दलित समुदायबाट नै जितेका वडा अध्यक्ष अनिल रामलाई झगडा छुटाउदा चोट लागेको छ। दिपकले अरु झगडालाई जातीय रंग दिन खोजिएको आरोप लगाए।

यता दलितहरुको भनाई बेग्लै छ। ‘एक जना मेरै समुदायका करिमन रामका छोरा बदरी पानी खान गएको थियो, बाबाले कुटे धारो छोइयो भनेर’, वीरगन्ज हेल्थ केयर अस्पताल भर्ना रहेका उमेद रामले सुनाए, ‘उसको आमाले सोध्न जाँदा बाबासंग झगडा भयो। हामी नजिकैको बजारमा थियौं, मन्दिर पुग्यौं। बाबाको पक्ष लिदै दिपक यादवले मेरो छोरा आकाशलाई कुटे।’

घट्ना लगतै पुगेको परवानीपुर प्रहरीको भुमिका हुनु पर्ने जस्तो नभएकोले घट्ना ठुलो हुन गएको देखिन्छ। ‘यी सबैकुरा भइरहँदा परवानीपुर चौकीबाट आएको प्रहरीले हामीलाई त्यहाँबाट भगाई दियो’, उनले भने, ‘त्यसको केही बेरपछिको कुरा हो, वडा अध्यक्षलाई बसाएर यस बिषयमा छलफल गरिरहेका थियौं, हामीउपर आक्रमण भयो।’ पछि ठुलो झगडा हुँदा प्रहरी नआएको दलितहरुको गुनासो छ। 

घाइतेमध्ये सुमन रामको अवस्था चिन्ताजनक भएकोले सघन उपचार कक्षमा राखेको उमेद रामले बताए। अस्पतालका डाक्टर कुन्दन प्रसादले सुमनको शरीरमा भित्री चोटले मांसपेसी र हड्डीमा दुखाई रहेको बताए। घट्नामा सामेल नभएका स्थानीयले केही दिन अगाडि भएको कृष्ण जन्माष्टमीको झवा उत्सवमा दबै पक्षका केटाहरुबीच झगडा सुरु भएको र यस घटनामा आएर उग्र रुप लिएको बताएका छन्।

प्रकाशित: २७ भाद्र २०७५ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App