८ वैशाख २०८१ शनिबार
खेल

साफ च्याम्पियनसिप सेमिफाइनल : नेपाल र माल्दिभ्सकाे खेल सुरु

काठमाडाैं - साफ च्याम्पियनसपिको पहिलो सेमिफाइनल खेलमा नेपाल र माल्दिभ्सबीचको खेल सुरु भएको छ। खेल बंगलादेशको बंगबन्धु रंगशालामा सुरु भएको हो। आजको खेलमा माल्दिभ्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरे नेपाल पहिलो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै इतिहास रच्ने छ।

माल्दिभ्स विरुद्धको प्लेइङ ११ मा गोलरक्षक किरण चेम्जोङ रहेका छन् भने डिफेन्डरमा अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, दिनेश राजवंशी रहेका छन्। यस्तै मिडफिल्डको जिम्मेवारी रोहित चन्द, सुजल श्रेष्ठ, निराजन खड्का, सुनिल बलले सम्हालेका छन् भने फरवार्डमा विमल घर्ती मगर र भरत खवास रहेका छन्। कप्तानीको जिम्मेवारी भरतलाई दिइएको छ। 

 

प्रकाशित: २७ भाद्र २०७५ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App