coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

अफगानिस्तान: आत्मघाती आक्रमणमा मारिनेको स‌ंख्या ६८ पुग्यो

अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मंगलवार गराइएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ पुगेको छ।संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ।

यस वर्षकै सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको यो विष्फोटमा अरु १६५ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले जानकारी दिए।

यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ। हालै गराइएका सबैजसो बम हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिइआएको छ।

प्रकाशित: २७ भाद्र २०७५ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App