coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उमेर बढाएर नागरिकता बनाउने क्रम बढ्यो

रसुवा – रसुवामा उमेर बढाएर नागरिकता बनाउनेको सङ्ख्यामा वृद्धि भएको छ। वैदेशिक रोजगारमा जानका लागि उमेर बढाएर नागरिकता बनाउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले कडाइ गरेको छ। 

जिल्लाको विभिन्न स्थानीय तहबाट उमेर बढाएर नागरिकता सिफारिस भएको भन्दै कार्यालयले पाँचवटै गाउँपालिकालाई उमेर एकिन गरेर मात्रै सिफारिस गर्न पत्र काटेको छ। उमेर नपुगी नागरिकता निर्माण गर्दा नाबालकले समेत नागरिकता प्राप्त गर्ने र यसैबाट राहदानी बन्ने जोखिम बढेको छ। 

‘हामीले कम उमेरमा नागरिकता निर्माण गर्दा उनीहरू वेचविखनको जोखिममा समेत पर्न सक्छन, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले भने, यसका लागि वडाले सिफारिस गर्दा बालिग एकिन गरेर मात्रै सिफारिस गर्नुपर्छ।’

नेपाल नागरिकता ऐन २०६३ (संसोधन) को दफा २१ को (३) वमोजिम ‘कसैले नेपाली नागरिकको झुठो विवरण वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाइ प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिस हजारदेखि एक लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ। 

कार्यालयले साउन महिनामा २ सय ५२ वटा नागरिकता वितरण गरेको छ । जसमा नयाँ नागरिकता ७७ र प्रतिलिपि नागरिकता १ सय ७५ वटा नागरिकता निर्माण गरिएको कार्यालयले जनाएको छ। 

 

प्रकाशित: २७ भाद्र २०७५ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App