६ वैशाख २०८१ बिहीबार
अर्थ

इन्जिनियरिङ कलेजद्वारा छात्रवृति

काठमाडौं – नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरले २५औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती छात्रवृत्ति प्रदान गर्ने भएको छ । कलेजमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको कलेजले जनाएको छ।

इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन संकायमा भर्ना हुने २५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले बताएको जारी विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार प्रत्येक विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति वितरण गरिनेछ । यो छात्रवृत्ति रकम प्रतिविद्यार्थी झन्डै पाँच लाख रुपैयाँ बराबरको हुने जनाइएको छ।

प्रकाशित: २७ भाद्र २०७५ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App