coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हामी आशावादी छौं : किम

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ । उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए।

गत जुलाई १२ मा सिंगापुरमा दुई नेताबीच शिखर वार्ता भएको थियो । सो वार्तापछि पुनः दोस्रो भेटघाटको लागि उनले अत्यन्त सकारात्मक पत्र पठाएको ह्वाइट हाउसले सोमबार जानकारी दिएको छ।

यो अत्यन्तै गौरव गर्न लायक र सकारात्मक पत्र भएको ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्सले बताइन् । यस पत्रबाट कोरियाली द्वीपमा प्योङ्याङले निःशस्त्रीकरणको प्रतिबद्धतालाई जारी राखेको भन्ने प्रष्ट गरेको पनि उनले बताएकी छिन्।

उत्तर कोरियाली सर्वाेच्च नेता किमले पठाएको यस पत्रमा पहिलो प्रस्ताव नै अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो भेट गर्ने रहेको थियो । सिंगापुरमा भएको पहिलो भेटपछि नै दुई देशबीचको सम्बन्ध सामान्यीकरणतर्फ उन्मुख भएको छ।

यस पत्रबाट वासिङ्टन र प्योङयाङ बीचमा सिंगापुर वार्तापछि थप प्रगतिलाई साबित गर्ने पनि स्यान्डर्सले बताइन् । सिंगापुर शिखर बैठकपश्चात उत्तर कोरियाली नेता कीमले आफ्नो देशमा जारी पारमाणविक कार्यक्रम स्थगित गरी निःशस्त्रीकरणतर्फ लाग्ने बाचा गरेको थियो।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गत जुनमा भएको छलफलपछि ट्रम्प र किमको भेटवार्तामा लगातार प्रयास जारी राख्ने प्रतिज्ञा गरेका थियो । उता कोरियाली प्रायःद्वीपमा पूर्णरुपमा हुने निःशस्त्रीकरण नै अमेरिका र उत्तर कोरियाबीच समस्या समाधानको आधारभूत कुरा भएको मुनले मंगलबार बताएका छन्।

 

प्रकाशित: २७ भाद्र २०७५ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App