coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ऐन संशोधन गराउन कर्मचारी संगठन एक ठाउँमा

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौद संशोधन गर्न दबाब दिन ४ कर्मचारी संगठनले साझा धारणा बनाउने भएका छन्।

कर्मचारी संगठनका प्रतिनिधको बैठकमा संघीय निजामती सेवा ऐनको मस्यौदमा संशोधन गर्न दबाब दिन साझा धारण बनाउने निर्णय गरिएको मधेसी कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले बताए।

साझा धारणा बनाउन ४ वटै कर्मचारी संगठका प्रनिनिधिहरूले मंगलबारदेखि छलफल सुरू गरेका छन् । ४ संगठनका महासचिव र सचिवले तयार गरेको साझा अवधारणाको मस्यौदालाई चार संगठनका अध्यक्षले बैठक गरी अन्तिम रूप दिने चौधरीले बताए।

प्रकाशित: २७ भाद्र २०७५ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App