coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वनकरियाले पनि मनाए तीज

मकवानपुर – लोपोन्मुख जाति वनकरियालाई पनि यस वर्ष तीजले छोएको छ । यसअघि कहिल्यै तीज नमनाएका मकवानपुरको मनहरी गाउँपालिका–४, ट्वांग्राका वनकरियाले यस वर्ष तीजको दर खाँदै नाचगान गरेका हुन्।

हेटौंडास्थित रेडियो सरोवर ९२.५ मेगाहर्ज परिवारले सोमबार बस्तीमै पुगेर उनीहरूलाई तीजको दर खुवाएको हो । वनकरियालाई पनि तीजको अवसरमा खुसी प्राप्त होस् दर खुवाउने कार्यक्रम गरिएको रेडियोका स्टेशन म्यानेजर राजु लामिछानेले बताए।

स्थानीय वडाध्यक्ष ध्रुव खड्काले तीजलाई दुःख–सुख साट्ने पर्व बनाउनुपर्ने धारणा राखे । वनकरिया समुदायकी अगुवा सन्तमाया वनकरियाले आफ्नो बस्तीमा आएर दर खुवाउँदा निक्कै रमाइलो लागेको बताइन् । ‘यसअघि तीजमा कहिल्यै दर खाएका थिएनाैं, कसैले खुवाएको पनि थिएन,’ उनले भनिन्, ‘यस वर्षको तीज साह्रै रमाइलो भयो, हामी सधैं सम्झिन्छौं।’

बस्तीमै आएर तीज कार्यक्रम गर्दा वनकरियालाई प्रोत्साहन, सम्मान र हौसला मिलेको नागरिक समाजका अगुवा बताउँछन् । दर खाने कार्यक्रममा वनकरिया जातिका ज्येष्ठ नागरिक, महिला, बालबालिका गरी करिब एक सय जना सहभागी भएको आयोजकले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७५ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App