नेकपाको सचिवालय बैठक आज

बुधबार, २७ भदौ २०७५, ०६ : ५१ नागरिक संवाददाता

काठमाडाैं – पार्टीका तल्ला कमिटीको एकीकरण टुंग्याउने गरी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकीकरण टुंग्याउने गरी नेकपाले सचिवालय बैठक बोलाएको हो।

नेकपाका तल्ला तहका कमिटीको एकीकरणमा सहमति नहुँदा भदौ पहिलो साता टुंग्याउने भनिएको एकीकरण अझै टुंगिएको छैन । नेकपाले प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदलहरूलाई भदौ ७ गतेभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । आन्तरिक विवादका कारण कार्यदलहरूले प्रतिवेदन बुझाउन नसकेपछि नेकपाको भदौ ८ र ९ मा हुने भनिएको स्थायी समिति बैठक समेत बस्न सकेको थिएन।

कार्यदलले प्रतिवेदन बुझाएपछि पाटीको सचिवालय बैठक बसेर एकीकरण टुंग्याउनुपर्ने भए पनि विवाद नमिल्दा भदौ १८ र १९ मा बस्ने भनिएको स्थायी समिति बैठकसमेत बस्न सकेको थिएन । तल्ला कमिटीको एकीकरणमा विवाद चलिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणमा गएपछि तत्कालका लागि सचिवालय बैठकसमेत बस्न सकेको थिएन । दाहाल भारत भ्रमणबाट फर्किएपछि नेकपाले सचिवालय बैठक बोलाएको हो।

नेकपाले विवाद नमिलेका तल्ला तलका समितिको विवरण पनि बुझाउन कार्यादलहरूलाई निर्देशन दिएकाले अधिकांश कार्यादलले विवादकैबीचमा पनि प्रतिवेदन सचिवालयलाई बुझाइसकेका छन् । आज बस्ने सचिवालय बैठकले सबै तहका समितिको एकीकरण टुंग्याउने बताइएको छ । नेकपाको पूर्व घटक एमाले र माओवादी केन्द्रकाबीचमा पद बाँडफाँटमा विवाद भएपछि पार्टी एकीकरण भएको चार महिनासम्म पनि आन्तरिक एकीकरण प्रक्रिया अझै टुंगिन सकेको छैन।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad