coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बम दिदीबहिनी रिहा

कञ्चनपुर – निर्मला पन्तका सहपाठी रोशनी बम र बबिता बमलाई सरकारी वकिल कार्यालयको सहमतिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार रिहा गरेको छ।

रोशनी बालिका रहेकाले उनलाई सामान्य तारेखमा र रोशनीकी दिदी बबितालाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको डिएसपी कृष्ण ओझाले बताए । उनीहरू हत्यामा संलग्न भएको प्रमाण नभेटिएको र बलात्कार गर्ने व्यक्ति पनि पत्ता नलागेकाले बम दिदीबहिनीलाई रिहा गरिएको उनले बताए।

भदौ ८ गते बम दिदीबहिनीलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो । बम दिदीबहिनीको घरबाटै अनुसन्धान थाल्नुपर्ने भन्दै महेन्द्रनगरबासीले दबाब दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । एसपी डिल्ली बिष्ट नेतृत्वको टोलीले बम दिदीबहिनीलाई नियन्त्रणमा लिएर सामान्य सोधपुछसमेत नगरेको स्थानीयको गुनासो थियो।

साउन १० गते निर्मला विज्ञान विषयको गृहकार्य गर्न भन्दै रोसनी बमको घरमा गएकी थिइन् । उनी रोशनीको घरबाट फिर्ता नभएपछि पन्त परिवारले खोजबिन गरेको थियो । साउन ११ गते बिहान निर्मलाको शव उखुबारीमा फेला परेको थियो।

प्रकाशित: २७ भाद्र २०७५ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App