बलात्कारको बढ्दो ग्राफ

बुधबार, २७ भदौ २०७५, ०६ : २३ टपेन्द्र कार्की

काठमाडौं – गत बिहीबार ललितपुर इमाडोलस्थित डेराबाट हिँडेका दुईमध्ये एक बालिकामाथि बलात्कार भयो । महानगरीय प्रहरी परिसर काठमाडाैं र प्रहरी वृत्त कीर्तिपुरको टोलीले आइतबार बिहान एक बालिकालाई बल्खुमा फेला पारेका थियो भने अर्की बालिकालाई कीर्तिपुरबाट उद्धार गरेको थियो । ती बालिका बलात्कार गरेको आरोपमा कैलालीको घोडाघोडी १ बेलार घर भई कीर्तिपुर बस्दै आएका २५ वर्षीय हेमबहादुर खत्री पक्राउ परे।

बिहीबार घरबाट हिँडेका ती दुई बालिकालाई खत्रीले बसमा यात्रा गर्दा बानेश्वरमा चिनजान गरी आफ्नो कोठामा लगेर बलात्कार गरेको प्रहरी दाबी छ । खत्रीले कीर्तिपुरस्थित आफ्नो कोठामा लगेपछि बहिनीलाई बलात्कार गरेको दिदीले प्रहरीमा उजुरी गरेकी थिइन् । खत्री अहिले प्रहरी हिरासतमा छन्।

भदौ ९ गते साँझ काठमाडौं नेपालटारस्थित एक खाजाघरमा कार्यरत १४ वर्षीया बालिका बलात्कृत भइन् । नियमित खाजा खान आउने बाजुरा स्थायी घर भएका साजन बोहोरालाई ती बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परे । ती बालिकालाई खाजा घरकै शौचालयमा लगेर बोहोराले बलात्कार गरेको भन्दै खाजाघरकी साहुनीले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरी थियो । शौचालयबाट बाहिर निकालेर सोधपुछ गरेपछि किशोरीले आफूलाई युवकले बलात्कार गरेको बताएकी थिइन्।

साउन २६ गते काठमाडौं गोकर्णेश्वरमा ९ वर्षकी बालिका बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिकाका ४० वर्षीय राकेश श्रेष्ठलाई पक्राउ गरेको थियो । बौद्ध प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राईका अनुसार शौचालयमा लगेर ९ वर्षीय बालिकालाई बलात्कार गरेको उजुरी परेपछि श्रेष्ठ पक्राउ परेका हुन्।

त्यसको एक हप्ताअघि काठमाडौं जोेरपाटीमा सुस्त मनस्थितिकी बालिका बलात्कृत गरेको आरोपमा हरिप्रसाद तिमल्सिना पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार ५९ वर्षीय तिमल्सिनाले आफ्नै घरमा भाडामा बस्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेका हुन्।

साउन १२ गते बलात्कार अभियोगमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय सतुंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्वय रामशरण पोखरेल र चन्द्रबहादुर पछाई पक्राउ परेका थिए । कलंकीको आशीर्वाद गेस्टहाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार बलात्कारका घटना बढ्दो क्रममा छ । परिसरका अनुसार आर्थिक वर्ष २०७२–७३ मा एक सय आठ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३–०७४ मा एक सय ४३ वटा र २०७४–२०७५ मा एक सय ४५ वटा मुद्दा दर्ता भएका छन् । ललितपुरमा आर्थिक वर्ष २०७१–०७२ मा १७ वटा, ०७२–०७३ मा ११ वटा र ०७४ असार मसान्तसम्ममा १० वटा उजुरी परेका थिए । तर भक्तपुरमा यसको दर घट्दो छ।

भक्तपुरमा २०७१–७२ मा २१, २०७२–७३ मा १३ र २०७३–७४ मा ११ बलात्कारका घटना भएका छन् । विगत तीन वर्षको तथ्यांक हेर्दा २०७२–०७३ मा देशभरबाट बलात्कारका एक हजार ९३ वटा उजुरी परेका थिए । त्यस्तै २०७३–०७४ मा एक हजार एक सय ३७ र २०७४–०७५ मा एक हजार चार सय ८० उजुरी परेका थिए।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीका अनुसार देशभरबाट प्रहरी कार्यालयमा बलात्कारसम्बन्धी उजुरी बढेका छन् । उजुरी बढेसँगै प्रहरी सक्रियता पनि बढेको छ । ‘महिला हिंसा र बलात्कारसम्बन्धी उजुरीलाई प्रहरीले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको छ’, प्रवक्ता थापाले भने, ‘महिला र बालबालिकामाथि भएका हिंसालाई प्रहरीका जुनसुकै निकायमा उजुरी दिने व्यवस्था गरिएको छ।

उजुरी नलिएको आभास भए त्यस कार्यालयका प्रमुखलाई प्रहरीको माथिल्लो निकायले तत्काल एक्सन लिनेछ ।’ प्रहरी कार्यालयमा महिला हिंसा र बलात्कारसम्बन्धी उजुरी बढ्दै गएपछि केही दिनअघि बसेको प्रहरीको पोलिसी कोर्डिनेसन कमिटी (पिसिसी) बैठकले समेत विशेष कार्यायोजना बनाउने निर्णय गरेको थियो । ‘विशेष कार्यायोजना बनाउनुपर्छ भन्ने बैठकको निर्णय छ । त्यसैअनुसार प्रधान कार्यालयले पाठ्यक्रम तयार गरिरहेको छ’, एसएसपी थापाले भने।

गृहमन्त्रीको जवाफ माग

काठमाडौं – राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले महिला हिंसा र बलत्कारको घटना बढिरहेका सम्बन्धमा गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरेका छन् । सांसदको मागबमोजिम राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले महिला हिंसा र बलात्कारका घटनामा जबाफ दिन गृहमन्त्रीको ध्यानाकर्षण गरेका थिए।

कांग्रेस सांसद बद्री पाण्डेले निर्मला पन्तको हत्या विषयमा छानबिन गर्न गठित समितिका एक सदस्यले ठीक प्रतिवेदन आउन नसक्ने भन्दै समितिबाट राजीनामा दिएको सन्दर्भबारे गृहमन्त्रीले सदनमा जानकारी दिनुपर्ने बताए । उनले भने, ‘सरकार मूकदर्शक भएर बस्न मिल्दैन, छानबिनमा ढिलासुस्ती गर्ने कार्यले कतै सरकार नै यो घटनामा संलग्न भएको हो कि भन्ने आशंका जन्मेको छ।’

कांग्रेस सांसद राधेश्याम अधिकारी सरकारले खोजतलास अनलाइनका पत्रकारलाई पक्राउ गरेको काम गैरकानुनी भन्दै अविलम्ब रिहा गर्न आग्रह गरे । महिला हिंसाको कुरा लिएर पटकपटक सदनमा सरकारको जवाफ माग गरे पनि सरकारले जवाफ नदिएको उनले बताए । ‘देशभरिका घटनामा कस्ता कारबाही र अनुसन्धान भएका छन्, गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ’, उनले भने । नेकपाकी सांसद विना पोख्रेलले समाजमा भएका अमानवीय घटनालाई राजनीतीकरण नगर्न आग्रह गरिन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad