७ वैशाख २०८१ शुक्रबार
खेल

चेक प्रशिक्षक बर्खास्त

पाराग्यु – रूसलाई ५–१ को नतिजा सुम्पिएको एक दिन नबित्दै चेक फुटबल संघले मंगलबार राष्ट्रिय टोलीका प्रशिक्षक कारेल यारोलेमलाई बर्खास्त गरेको जनाएको छ।

‘कारेल यारोलेम प्रशिक्षक पद छोड्न सहमत भएका छन् । यारोलेम र फुटबल संघबीचको छलफलपछि यो निर्णय लिइएको हो,’ चेक फुटबल संघले ट्विट गरेको छ, ‘हामी उनलाई धन्यवाद दिन चाहन्छाैं । हामी छिट्टै राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक नियुक्त गर्नेछाैं।’

२०१६ मा चेक गणतन्त्रको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेका यारोलेमले टोलीलाई जुलाईमा रूसमा सम्पन्न विश्वकपमा छनोट गराउन सकेका थिएनन् । गत साता घरेलु मैदानमा सम्पन्न युइएफए नेसन्स लिगमा समेत चेक गणतन्त्रले युक्रेनलाई २–१ को नतिजा सुम्पिएको थियो।

‘रूससँग भोगेको लज्जास्पद हारको सम्पूर्ण जिम्मेवारी लिन म  चाहन्छु । म समग्र चेक गणतन्त्रका समर्थकसँग पनि माफी माग्न चाहन्छु,’ यारोलेमले भने।

चेकका सञ्चारमाध्यमले साल्भिया पाराग्युका प्रशिक्षक यारोस्लाभ सिलाहाभे र यु–२१ राष्ट्रिय टोलीका प्रशिक्षक भिट्जेस्लाभ लाभिकालाई यारोलेमको स्थानका सम्भावित उम्मेदवार भएको उल्लेख गरेका छन् । यारोलेमको प्रशिक्षणमा खेलिएका २२ खेलमा चेक गणतन्त्रले १० खेलमा विजयी नतिजा निकालेको थियो।

प्रकाशित: २७ भाद्र २०७५ ००:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App