८ वैशाख २०८१ शनिबार
खेल

रेडिअन्ट क्वार्टरफाइनलमा

काठमाडौं – आयोजक रेडिअन्ट छैटौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार  क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

रेडिअन्टले माउन्ट ग्लोरीलाई २४–१५ ले पराजित गर्याे । विजयी टिमका लागि सञ्जीव भण्डारीले १० अंक जोडे । सिनियर गल्र्समा न्यु भिजन, निम्स र सिद्धार्थ वनस्थली क्वार्टरफाइनल पुगे । न्यु भिजनले ग्यालेक्सीलाई १६–८ ले हरायो।

विजेताकी मनीषा गुरुङले ८ अंक जोडिन् । डोल्माको ८ अंकको सहयोगमा निम्सले एलआरआईलाई १८–६ ले पन्छायो । स्वर्णिमविरुद्धको खेलमा सिद्धार्थ वनस्थली २३–२१ ले विजयी भयो । विजेताकी रक्षा श्रेष्ठले ६ अंक जोडिन्।

सिनियर ब्वाइजमा जेनिथले लोक आदर्शलाई २३–१०, एपेक्स लाइफले हर्टल्यान्डलाई १८–१७, ग्यालेक्सीले द एक्सेल्सियर स्कुललाई ५२–२२, पिपुल्स एकेडेमीले संस्कृतिलाई ४०–३० तथा न्यु भिजनले ज्योति एकेडेमीलाई ३८–२९ ले निराश पारे।

 

प्रकाशित: २७ भाद्र २०७५ ००:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App