coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

माउन्ट ग्लोरीलाई उपाधि

काठमाडौं – माउन्ट ग्लोरीले प्रथम अन्तरविद्यालय वडा स्तरीय फाइभ ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ।

टोखा नगरपालिका वडा नं. ८ र पारामाउन्ट एकेडेमीको संयुक्त आयोजनामा बानियाँटारमा भएको फाइनलमा माउन्ट ग्लोरीले काभ्यालाई ६–३ गोलले पराजित गर्याे । माउन्ट ग्लोरीका चन्दन दास र आयुश घलानले ह्याट्रिक गरे । चन्दन उत्कृष्ट फरवार्ड पनि चुनिए।

पारामाउन्ट एकेडेमीका अनिश तामाङ उदीयमान खेलाडी घोषित भए भने गोलरक्षकमा काभ्याका मन्जिल श्रेष्ठ र डिफेन्समा हिमालयनका रितेश शेरचन उत्कृष्ट ठहरिए।

विजेतालाई आयोजक वडा ८ का अध्यक्ष केशवबहादुर खत्री, पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए।

 

प्रकाशित: २७ भाद्र २०७५ ००:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App