७ वैशाख २०८१ शुक्रबार
समाज

बसको ठक्करबाट दिदी र भाईको मृत्यु

बर्दिया– पूर्ब पश्चिम राजमार्गको माछागढमा बसले ठक्कर दिँदा दुई (दिदी र भाई) जनाको मृत्यु भएको छ। धनगढीबाट काठमाडौं जादै गरेको बसले ठक्कर दिँदा माछागढ बस्ने १६ बर्षिय बिक्रम विक र तिर्सना विकको घटनास्थलमा मृत्यु भएको हो। 

तीब्र गतिमा रहेको से १ ख १४२६ नम्बरको बसले बाटो पार गर्ने क्रममा  ठक्कर दिएको प्रहरीले बताएको छ। मृतकको शबको पोस्टमार्टम बर्दिया जिल्ला अस्पतालमा भइरहेको प्रहरी नायव निरीक्षक दल बहादुर बोगटी जानकारी दिए। उनका अनुसार बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।  

प्रकाशित: २६ भाद्र २०७५ १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App