coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नारायणगढ मुग्लिन सडक एकतर्फी खुल्यो

चितवन- नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ। सडकखण्डको चारकिलोमा गएको पहिरो हटाएर सवारी आवागमन एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा मंगलबार बिहान करिब एक बजेदेखी दुईतर्फी सवारी आवागमन बन्द भएका थियो। 

बेलुकी साँढे सात बजेबाट एकतर्फी यातायात सञ्चालन गरिएको कार्यालयले जानकारी दिएको छ। सडक अवरुद्ध भएको करिब १८ घण्टापछि बाटो एकातर्फी खुलेको हो। रातीदेखी पहिरो खसेको स्थानदेखी दुईतर्फ जाममा रहेका सवारी साधनलाई ५० वटा सवारीसाधनका दरले पालो गरेर बाटो पार गराउन सुरु गरिएको छ। 

चार किलोमा सवारीसाधन हटाउन प्रयोग गरिएको तीन वटा मेशिन मध्ये एक वटा बिग्रिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। पहिरो हटाएर एकतर्फी सञ्चालन भएको सडकमा बाँकी पहिरो हटाउने काम बुधबार बिहानबाट सुरु गरिने छ। 

प्रकाशित: २६ भाद्र २०७५ १५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App