७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीलाई घुस दिन खोज्दा...

सुर्खेत- ड्यूटीमा रहेका प्रहरीलाई घुस दिन खोज्दा पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–७ का इन्द्रबहादुर मगर पक्राउ परेका छन्। आइतबार राति साढे आठ बजेतिर वीरेन्द्रनगर–६ नेताचोक नजिक सवारी साधन चेकजाँच गरिरहेका प्रहरीको गोजीमा मगरले घुस रकम दिन खोजेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा प्रहरी र ट्राफिकको संयुक्त टोलीले नेता चोकमा सवारी साधन चेकजाँच गरिरहेको थियो। सोही बेला एउटा मोटरसाइकलमा तीन जना आइपुगे। प्रहरीले सो मोटरसाइकल रोक्यो। मोटरसाइकल चलाउँदै गरेका मगरले प्रहरी निरीक्षक श्रेष्ठको गोजीमा ७२५ रुपियाँ राख्न खोजे। सरकारी मोटसाइकलमा तीन जना चढाएर आएका मगरलाई प्रहरीले तत्कालै पक्राउ गर्‍यो।

उनलाई सुरक्षा विरुद्धको कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको छ। कसुर प्रमाणित भएमा एक वर्ष जेल वा १० हजार रुपियाँ जरिवाना हुनसक्छ। फौजदारी संहिताको ११८ अनुसार मुद्दा प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

 

प्रकाशित: २६ भाद्र २०७५ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App