८ वैशाख २०८१ शनिबार
फोटो फिचर

नारायणगढ–मुग्लिन सडक अझै खुलेन, मध्यरातसम्ममा खुलाउने प्रयास जारी(फाेटाे फिचर)

तस्बिरः सबिता श्रेष्ठ

चितवन–राती करीब एक बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । सडकखण्डको सत्रकिलो, चारकिलो, गाईघाट, घुमाउने, जलबिरेलगायतका स्थानमा खसेका ठूलो पहिरोका कारण बाटो खुल्न सकेको छैन। 

मुग्लिन बजारदेखि चार किलोमिटर नारायणगढ तर्फको चार किलोमा खसेको पहिरो अझै हटाउन सकिएको छैन। अन्य स्थानमा खसेको पहिरो भने हटाएर सवारी आवागमन एकतर्फी सञ्चालन गर्न सकिने अवस्था रहे पनि चारकिलोको पहिरोका कारण बाटो पुरै ठप्प बनेको छ।

उक्त पहिरो ठूलो भएकाले हटाउन नसकिएको नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहित कुमार विसुरालले बताए। ‘पहाडका ठूला रुखसहित धेरै ठूलो पहिरो खसेको छ,’ उनले भने्, ‘हटाउने प्रयास चलिरहेको छ।’ आयोजनाले यस अघि दिउसो ३ बजेसम्ममा पहिरो हटाइसक्ने अनुमान गरेको थियो। 

सोमबार रातिदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न ठाउँमा पहिरो आएको हो। यसले गर्दा रातीदेखी नै सडकखण्डमा यातायातका साधनहरु अलपत्र रहेका छन्। हिन्दुहरुको पर्व तिजको समय भएकाले सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुमा अधिकांश महिला रहेको सवारीसाधनका चालकले बताए।

राजमार्गमा रहेका सिमित होटलहरुमा यात्रुहरुले खाना खानसमेत यात्रुहरुले पाएका छैनन् । पहिरो हटाउने काम नसकिएकाले पश्चिमबाट आएका यातायात नारायणगढ बजारको पुल्चोक, पूर्वबाट आएका यातायात आँपटारीमा रोकिएका छन् ।  नारायणगढ मै बिहानैदेखि रोकिएका लामो दुरीका सवारीसाधनकोे लाईन लामो छ।

पोखरा र काठमाण्डौं जाने यात्रुहरुको भीड पोखरा बसपार्कमा उत्तिकै देखिन्छ। दिउँसो तीन बजेतिर पहिरो हटाएर सवारी आवागमन सहज बनाउने भनिए पनि पहिरो हटाउने कार्य सकिएको छैन। पहिरो हटाउन थप पाँच घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 

 

तस्बिरः सबिता श्रेष्ठ
तस्बिरः सबिता श्रेष्ठ
तस्बिरः सबिता श्रेष्ठ
तस्बिरः सबिता श्रेष्ठ
तस्बिरः सबिता श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App