७ वैशाख २०८१ शुक्रबार
समाज

सवारी दुर्घटनामा २ को मृत्यु

उर्लाबारी – मोरङका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार बिहान भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा १९ च ६१२२ नम्बरको कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार धरान उपमहानगरपालिका– १ बस्ने ५५ वर्षीया ललिता अग्रवालको पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ। 

कारमा सवार धरान–१ बस्ने ८१ वर्षीय दिखनाथ अग्रवाल, चितवन भरतपुर महानगरपालिका बस्ने ३० वर्षीया गीता अग्रवाल, कार चालक सोही ठाउँका ३२ वर्षीय अनिश अग्रवाल र ९ वर्षीय बालक बरुण अग्रवाल घाइते भएका छन्। घाइते सबैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। 

त्यस्तै विराटनगर महानगरपालिका – ९ स्थित कोशी राजमार्गमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार रङ्गेली नगरपालिका– ७ बस्ने ३० वर्षीया आँशु अग्रवालको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ३८ वर्षीय मनोज अग्रवाल र उनकी छोरी ७ वर्षीया अनिशा अग्रवाल घाइते भएकाले उनीहरूको सप्तकोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए। ठक्कर दिने ट्रक र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।    (रासस)

प्रकाशित: २६ भाद्र २०७५ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App