८ वैशाख २०८१ शनिबार
समाज

दुवै हात गुमाएकी रुपाको साहस

रूपन्देही- तपाईको दुवै हात नभए के होला? कल्पनासम्म गर्न सकिदैन। तर वुटवलकी रुपा रौतारले भने दुवै हात भएकाले जत्तिकै काम गर्छिन्। उनले हरेक काम खुट्टाको साहरामा गर्छिन्। विद्यालयमा बसेर कापी किताव खोल्ने, खाना खाने, कपाल कोर्ने,  नुहाउनेसम्मको काम खुट्टाकै साहरामा गर्दै आएकी छन्। कपिलबस्तु गजेहडा धनकौलीकी दीप बोर्डिङ स्कूल बुटवल कक्षा ८ मा पढ्छिन।

साहित्यकार झमक घिमिरेले जस्तै रुपाले पनि खुट्टाले लेख्छिन। ‘शुरुमा मुखले लेख्ने प्रयास गरेकी थिईन, पछि मैले खुट्टाले लेखन भनेपछि बानी पर्‍यो’ आमा इन्द्रकलाले भनिन। रुपाले लेखेका अक्षर सग्ला हातले लेखेको भन्दा कम छैन।  ५ बर्षको हुँदा करेन्ट लागेर रुपाको दुवै हात गुमेको थियो। आमा इन्द्रकला भन्छिन्–‘भर्खर कलम समाउन सिक्दै गरेको मेरो छोरीले दुवै हात गुमाउनुपर्‍यो।’

करेन्ट लागेपनि हात नै काट्नुपर्ला भन्ने सोचाई थिएन। तर, कान्ति बाल अस्पतालमा आफुहरुलाई थाहै नदिई रुपाको दुवै हात काटिदिएको इन्द्रकलाले सुनाईन। आमा इन्द्रकला र वुवा विष्णु रौतारले आर्थिक अवस्था कमजोर भएपनि छोरीलाई पढाउनुपर्छ भनेर बुटवल आएका हुन्।  गजेहडाको बालज्योती बोर्डिङमा अक्षर चिन्दै गर्दा करेन्ट लागेको थियो रुपालाई।  करिव दुई बर्ष उपचारमै समय बित्यो। दुवै हात गुमेको भन्दै बालज्योतीले भर्ना लिन मानेन। त्यसपछि कपिलबस्तुको होराईजनमा रुपाले यू केजीसम्म अध्ययन गरेकी हुन्।  होराईजनमा पढ्दै गर्दा विष्णु प्रधानसँग भेट भयो । अनि बुटवल आईन।

दीप बोर्डिङ सञ्चालक समिति सदस्य समेत रहेकी प्रधानले दीपमा निशुल्क पढाउने वातावरण मिलाएपछि रुपा कक्षा एक देखि यहि पढ्दै छन्।  दीप बोर्डिङले भर्ना शुल्क, मासिक र परीक्षा शुल्क लिदैन। रुपा बस्ने छुट्टै फराकिलो पलङ राखिएको छ। उनी एक्लै त्यहि बसेर किताब कापी निकाल्ने र पढ्ने काम गर्छिन।  दीप बोर्डिङका प्राचार्य टिकाराम न्यौपानेले रुपालाई कक्षा १२ सम्म नै निःशुल्क पढाउने बताए। उनले रुपाको क्षमता कमै विद्यार्थीमा हुने भन्दै उनलाई सबैको साथ र सहयोगको खाँचो रहेको बताए। बुटवल देविनगरमा भाडामा बस्दै आएका छन। २०५७ सालमा रुपाको जन्म भएको हो । उनी पढाईमा मध्यमस्तरकी विद्यार्थी हुन । तर उनी गायनमा भने अघि बढ्दै छन्। दुवै हात नभए पनि रुपाले भने आफू गायनबाट चिनाउने कोसिसमा छन्। उनले अहिले हिम्मत भाकी छोरी आधुनिक गीत बजारमा ल्याएकी छन्। गायनमा सानैदेखि लागेकी रुपाले यो पटक ६ वटा गीतमा स्वर दिएकी छन्। यसमध्ये दुई गीतको म्यूजिक भिडियो बनेको  छ।

गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे , रोजिना थापा , डाक्टर कृष्णहरि बराल , दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको शब्द छ।

रुपाको गायन प्रतिभालाई बागेश्वरी संगितालय बुटवलले ८ बर्षदेखि निशुल्क संगित शिक्षा दिइरहेको छ। बागेश्वरीका प्रिन्सिपल सुरेश सेन्चुरीले रुपासँग गायन प्रतिभा रहेको भन्दै उनलाई स्थान दिनुपर्ने बताए।

प्रकाशित: २६ भाद्र २०७५ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App