८ वैशाख २०८१ शनिबार
राजनीति

न्यायाधीश जोशी सर्वोच्च फर्के

काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन्।

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो। सुनुवाइपछि जोशी बिदामा बसेका थिए। सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्केको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए। जोशी काममा फर्किए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन। रासस

 

प्रकाशित: २६ भाद्र २०७५ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App