coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

डलर एक दिनमै १ रुपैयाँ महंगो

काठमाडौ–निरन्तर उकालो लागिरहेको डलरको मूल्य आज मंगलबार एकै दिनमा १ रुपैयाँ भन्दा बढीले महंगिएको छ। 
नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले मंगलबारका लागि प्रति अमेरिकी डलर बिक्रीदर ११६ रुपैयाँ २३ पैसा निर्धारण गरेको छ भने खरिददर ११५ रुपैयाँ ६३ पैसा तोकिएको छ। सोमबार डलरको बिक्रीदर ११५ रुपैयाँ ८ पैसा थियो। 

अमेरिकी डलरसँग भारतीय रुपैयाँ अवमूल्यन हुने क्रमले निरन्तरता पाएसँगै नेपाली मुद्रा पनि अवमूल्यनको मारमा परेको हो। भारतसँग नेपालको मुद्राको स्थीर विनिमयदर सय रुपैयाँ बराबर १६० रुपैयाँ नेपाली रहेको छ। आज भारतीय रुपैयाँको विनिमयदर प्रतिडलर ७२ रुपैयाँ ३६पैसा छ।

विश्वव्यापी रुपमै अमेरिकी डलरको माग बढी रहेको कारण त्यसको असर विश्व अर्थतन्त्रमा देखिन थालेको हो। भारतलगायत नवउदीयमान मुलुकमा रहेका अमेरिकी लगानीकर्ताले आफ्नै देशमा लगानी बढी सुरक्षित र नाफामूलक हुने देखेपछि डलर अमेरिकामै केन्द्रित हुन थालेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका पहिलो भन्ने नीतिअनुरुप राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने रणनीतिक कदमहरु चाल्दै जाँदा विश्वबजारमा डलरको माग बढिरहेको हो।

 

प्रकाशित: २६ भाद्र २०७५ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App