coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरपालीकाको सहयोग

काठमाडौं – काठमाडौं महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई ५६ लाख  रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक क्लबलाई ९ लाख ३० हजारका दरले रकम हस्तान्तरण गरे। नमुना मछिन्द्र, संकटा, एनआरटी, हिमालय शेर्पा, सरस्वती युथ र मनाङ मर्स्याङ्दी क्लबले रकम पाएका हुन्। 

कामपा प्रमुख विद्यासुन्दर शाक्यले सबैभन्दा लोकप्रिय खेल फुटबलको विकास र वृद्धिका लगि कामपाले सहयोग गरेको बताउँदै क्लबहरूले उत्कृष्ट खेल खेलेमा आगामी दिनमा रकम थप्दै जाने विश्वास दिलाए।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल विकासका लागि यो सहयोग कोसेढुंगा साबित हुने बताए। मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष कान्छामुखिया गुरुङले पछिल्लो समय क्लबहरुलाई नियमित रूपमा खेल सञ्चालन गर्न आर्थिक रुपमा नै कठिन हुँदै गएकाले कामपाको सहयोगले केही टेवा पुग्ने बताए। 

 

प्रकाशित: २६ भाद्र २०७५ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App