उपचारमा मनोवैज्ञानिक आत्मविश्वास

मङ्गलबार, २६ भदौ २०७५, १० : १७ डा. सुभाष पोखरेल

समयको पर्खाइ अथवा औषधिको उपभोगबिना रोग ठीक हुँदैन भन्ने आयुर्विज्ञानको स्थापित मान्यताहो। शरीरको प्रतिरोधात्मक क्षमताका कारण धेरै रोग समयको बहाबसँगै ठीक हुन्छन्। रोग पहिचान गरी ओखती खाँदा बिरामी तन्दुरुस्त हुनु अस्वाभाविक भएन। रोग लागेका मानिस औषधिमूलोको उपभोगमार्पmत सकुशल हुनु स्वाभाविक भए पनि एउटा बिरामी पहाडको कन्दरामा झाक्रीले ढ्यांग्रो ठटाउँदा किन तन्दुरुस्त हुन्छ? मर्नेगरी शिरदर्द भएको मानिस सूर्यास्तका बेला अदाह फुकेको भरमा किन सकुशल हुन्छ ? डिप्रेसनका कारण एकान्तवासी भएको मानिस केबल धामीको झारफुकका कारण किन पूर्वावस्थामा फर्कन्छ?

झारफुकको भरमा रोग बिसेक हुन्छ भन्ने कुरालाई आधुनिक उपचार विधिले पत्याउँदैन तर के सदियौँदेखि चलेको धामी/झाँक्रीका कारण रोगीहरूले आफ्नो पीडाबोध पटक्कै कम गरेनन् त ?भन्ने प्रश्नको उत्तर संयुक्त राज्य अमेरिकाको हार्वार्ड विश्वविद्यालयको मेडिकल स्कुलका प्राध्यापक टेड क्याप्चोकले दिने प्रयास गरेकाछन् ।पीडा कम हुन्छ भन्ने बिरामीको आत्मविश्वास अनिरोगी तथा उपचारकर्ताबीचको सम्बन्धलेरोग निदानमा कस्तो भूमिका खेल्छ भन्ने कुराको चिरफार यो आलेखको लक्ष्य रह्यो।

अंग्रेजी दबाइ तथा सुइहरूमा प्रायःजसो रोग ठीक पार्ने एउटामात्र क्रियाशील रासायनिक पदार्थ हुन्छ जसलाई ‘एक्टिभ फर्मास्युटिकल इन्ग्रेडियन्ट’ भनिन्छ । सूक्ष्म परिमाणमा हुने क्रियाशील केमिकलका कारण नै औषधिले रोग निको पार्ने हो । उक्त क्रियाशील रासायनिक पदार्थलाई लामो समयसम्म स्थायित्व दिन औषधिमा विभिन्न निष्क्रिय रासायनिक पदार्थ प्रयोग गरिन्छ तर तिनीहरूको रोग निको पार्न कुनै भूमिका हुँदैन।

एकै रोगका हकमा समेत प्लेसिबो खान सल्लाह दिने चिकित्सक असल हुँदा बिरामीलाई छिटो सन्चो भएको देखियो भने त्यही ओखती लेख्ने डाक्टर तुच्छ हुँदा बिरामी झन् सिकिस्त भएको देखियो।

दबाइ बजारमा जानुअघिओखतीले बिरामीको रोग ठीक पार्नुका अतिरिक्त उक्त मेडिसिन उपभोग गर्दा बिरामीलाई अर्को नयाँ रोग लाग्दैन भन्ने कुराको निक्र्याेल गर्नुपर्ने हुन्छ । औषधिको प्रभावकारिता जाँच्ने क्रममा क्लिनिकल फेजका अनुसन्धानका सिलसिलामा दुई किसिमको दबाइ बनाइन्छ । रोग ठीक पार्ने ठानिएको क्रियाशील रासायनिक पदार्थसहितको एउटा औषधि बनाइन्छ । अर्को कोटीमा रोग ठीक पार्ने तत्व हालिन्न बरु निष्क्रिय रासायनिक पदार्थमात्र राखेर दबाइ बनाइन्छ । यसरी निष्क्रिय रासायनिक पदार्थमात्र भएको नक्कली ओखतीलाई कन्ट्रोल अथवा प्लेसिबो भनिन्छ।

औषधि जस्तै देखिने भएकाले सामान्य हेराइमा प्लेसिबो र वास्तविक ओखतीबीच फरक छुट्याउन सकिन्न। अनुसन्धानात्मक सहभागिताका क्रममा प्लेसिबो उपभोग गर्ने बिरामीलाई समेत आफूले वास्तविक औषधि खाएको भान हुन्छ। छद्म दबाइ उपभोग गर्ने बिरामी भन्दा साँचो औषधि खाने रोगीमा ओखतीको प्रष्ट सकारात्मक प्रभाव देखिएमा उक्त मेडिसिन बजारमा जान्छ। तसर्थ, औषधि अनुसन्धानमा प्लेसिबोको महत्वपूर्ण भूमिका रहन्छ । यद्यपि दबाइको प्रकृतिअनुसार प्लेसिवोमा रहने रासायनिक पदार्थ भने औषधिनै पिच्छे फरक हुन सक्छ।

हार्वार्डका प्राध्यापक क्याप्चोकले विभिन्न शारीरिक समस्या बोकेर आएका बिरामीलाई सत्य ओखतीको बदला प्लेसिबो उपभोग गर्न दिँदा उनीहरूको शरीरले कस्तो प्रतिक्रिया दिन्छ त भन्ने विषयमा बृहद् अध्ययन गरे । उदासीनता, व्याकुलता, थकान, वाकवाकीलगायत टाउकोसहित शरीरका विभिन्न भागको दुखाइ निको पार्न दिइने औषधिकाकारणले भन्दा मैलै ओखती खाएँ त्यसैले मलाई ठीक हुन्छ भन्ने मनोवैज्ञानिक प्रभावले रोग ठीक पार्न अझ महत्वपूर्ण भूमिका खेलेको पाए डा. क्याप्चोकले । उल्लिखित रोगका उपचारका लागि डाक्टरको क्लिनिकमा आएका बिरामीलाई मेडिकल साइन्सको प्रोटोकलले तोकेको औषधि अथवाप्लेसिबो उपभोग गर्न दिँदारोगीमा देखिएको सुधारलाई विश्लेषण गर्दा अनौठो परिणाम देखियो । डिप्रेसनको सिकारबाट पीडित भएका बिरामीको हकमा साँचो ओखतीको बदला केबल प्लेसिबोमात्र खान दिँदासमेत झण्डै ५० प्रतिशत बिरामी तन्दुरुस्त भएको देखियो । अझ केही लक्षणको हकमा साँच्चिकै ओखती र प्लेसिबोले उस्तै काम गरेको देखियो । यसरी छद्म ओखतीले बिरामीमा पार्ने सकारात्मक प्रभावलाई प्लेसिबो इफेक्ट भनियो । तर डायबेटिज जस्ता आणुवांशिक रोग तथा क्यान्सर जस्तो महारोगको हकमा प्लेसिबो अनुसन्धानको भूमिका नहुने भएकाले त्यस्ता बिरामीलाई उक्त अध्ययनमा नसमेटिएको बताए अन्वेषणकर्ताले।

बिरामीलाई विभिन्न विधिमार्फत मनोवैज्ञानिक आत्मविश्वास जगाउन सके अधिकांश रोग स्वतः ठीक हुन्छ भन्ने डा. क्याप्चोकको सन्देश चिकित्साकर्मीलगायत सबैले स्मरण गर्न आवश्यक देखियो।

रोग निदानका सम्बन्धमा अध्ययन÷अनुसन्धान गर्ने÷गराउने संसारकै सबैभन्दा ठूलो संस्थाहो संयुक्त राज्य अमेरिकाको न्यासनल इन्स्टिच्युट अफ् हेल्थ (एनआइएच)। वास्तविक ओखतीको बदला प्लेसिबोको उपभोगले समेत रोगीमा सकारात्मक प्रभाव पारेको देखिएपछि एनआइएचले किन कृतिम ओखती प्रयोग गर्दासमेत बिरामीलाई सन्चो हुन्छ त भन्ने सम्बन्धमा थप अध्ययन गर्ने निधो ग-यो । अनुसन्धानकर्ता तोकिए, ठूलो धनराशि खर्च भयो । तरअनुसन्धानको निचोड भने अचम्मको आयो । अन्वेषणलेधेरै रोग निदानकालागि प्लेसिबोले सकारात्मक भूमिका खेलेको पुष्टिमात्र गरेन, बरु डाक्टरको व्यवहारले समेत उल्लेख्य दायित्व बोकेको देखियो । एकै रोगका हकमा समेत प्लेसिबो खान सल्लाह दिने चिकित्सक असल हुँदा बिरामीलाई छिटो सन्चो भएको देखियो भने त्यही ओखती लेख्ने डाक्टर तुच्छ हुँदा बिरामी झन् सिकिस्त भएको देखियो । मेडिकल साइन्समा ओखती लेख्ने डाक्टर दुर्जन तथा सज्जन जे/जस्तो भए पनि दबाइको प्रभाव उत्तिकै रहने मान्यतालाई उक्त अनुसन्धानको निचोडले चुनौती दियो । तथ्य पहिल्याउन बायोकेमिकल उत्खनन्को दरोकार प-यो।

त्यसै क्रममा नर्थ वेस्टर्न युनिभर्सिटी सिकागोका प्राध्यापकद्वय मर्वान बकिली र भनिया अप्कारियनको समूहले पुरानो घुँडा दुख्ने समस्या भएका बिरामीलाई प्लेसिबो उपभोग गर्न दिँदासमेत सन्चो भएको देखे । आखेरी नक्कली ओखती खान दिँदा पनि दीर्घरोग किन ठीक भयो भन्ने कुरालाई थप उत्खनन् गर्ने निधो गरे उनीहरूले । प्लेसिबो खाँदा शरीरको सबै अंगको नियन्त्रण कर्ताका रूपमा रहने दिमागमा परिवर्तन आएका कारण त बिरामीलाई सन्चो भएको होइन भनी अनुसन्धान अघि बढाए उनीहरूले । ओखती खानुपहिले र दबाइखाएपछि रोगीको दिमागको म्याग्नेटिक रिजोनेन्स इमेजिंग (एमआरआइ)गरेर हेर्दा अनौठो परिणाम देखियो । पूर्ण विश्वासका साथ प्लेसिबो खाने बिरामीको दिमागको अघिल्लो भागको क्रियाशीलता अत्यधिक देखियो । र, उनीहरूको हकमा कृतिम ओखतीले घुडाको दुखाइ निकै कम गराएको पाइयो । औषधिले आफूलाई ठीक हुन्छ भन्ने आत्म भरोसा नभएका बिरामीको हकमा एमआरआइको रिजल्ट र क्लिनिकल परिणाम दुवै नकारात्क देखियो । सन् २०१६ मा प्रकाशित उक्त अनुसन्धानले बिरामीलाई औषधि खाएकाले अब आफ्नो रोग निको हुन्छ भन्ने मनोवैज्ञानिक विश्वास जगाउने हो भने मानिसको मस्तिष्कमा एक किसिमको विद्युतीय तरंंग पैदा हुने र त्यसको प्रभाव शारीरिक पीडा हरण गर्न सहायक हुने देखियो।

त्यस्तै प्रकृतिको परिणाम अर्को रोगको लक्षणका सम्बन्धमा पनि देखियो। अत्यधिक पेट दुख्ने तर सरल उपचार विधि स्थापित नभएको ‘इरिटेबल बाउल सिन्ड्रम’ का बिरामीको हकमा असम्बन्धित अक्युपंचर विधिले उपचार गर्दासमेत ४४ प्रतिशत बिरामीलाई सन्चो भएको देखियो भने अझ आत्मीय व्यवहार भएका स्वास्थ्यकर्मीले त्यही नक्कली अक्युपंचर गर्दा झण्डै ६२ प्रतिशत रोगीले सन्चो महसुस गरेको देखियो । अक्युपंचर गर्दा आफ्नो पेट दुखेको निको हुन्छ भन्ने सोचका कारण बिरामीमा सकारात्मक परिणाम आएको देखियो।

ओखती लेख्ने डाक्टरलाई रोगीले भरोसा गरेका खण्डमा बिरामीको दिमागमा आउने सकारात्मक छाल थप वृद्धि हुने अनि रोग अझ छिटो निको हुनु अस्वाभाविक भएन। अब उचारको अर्को पाटो हेरौँ– चिकित्सकको व्यवहारका कारण कदाचित बिरामीले डाक्टरलाई विश्वास गर्न सक्ने अवस्था कायम नरहे उक्त पेशाकर्मीले लेखेको ओखतीले आफूलाई निको पार्छ भन्ने कुरामा उसले विश्वास गर्न सक्दैन । परिणामस्वरूप रोगीको दिमागले सकारात्मकको बदला नकारात्मक तरंग पैदा गर्न सक्छ । त्यस्तो अवस्थामा ठीक ओखती भए पनि रोग निको नहुन सक्छ। तसर्थ बिरामीलाई चिकित्सक चित्त नबुझे अर्को डाक्टरसँग परामर्श गर्दा लाभदायक हुने देखियो। भरोसायोग्य चिकित्सकले गरेको उपचारले प्रभावकारी भूमिका खेल्ने भएकाले मित्रवत व्यवहारमार्फत डाक्टरले बिरामीको मन जित्नुपर्ने देखियो । बोली व्यवहारमा सुधार ल्याउनका अतिरिक्त डाक्टरले रोगीको भरोसा पाउन उपयुक्त तालिम लिनुपर्ने देखियो । तरचिकित्सक र बिरामीको संवाद न्यून हुने अहिलेको अवस्थामा सुधार ल्याउन नेपाली चिकित्सा नीतिको परिमार्जन आवश्यक देखियो।

प्राध्यापक क्याप्चोकको अनुसन्धानात्मक निक्र्याेल र प्लेसिबो इफेक्टका सम्बन्धमा भएका अन्य अन्वेषणलाई मध्यनजर राख्दा पुरातनदेखि चलेको धामी झाँक्रीले झारफुक गरेका कारण रोग निको भएको होइन बरु बिरामीमा धामीले आफ्नो रोग निको पार्न मन्त्र फुक्यो, त्यसैले मेरो दुःख अब हरण हुन्छ भन्ने सकारात्मक सोचका कारण रोगीको दिमागमा पैदा भएको विद्युतीय तरंगले नै मरिजको दर्द कम भएको देखियो। धामीझाँक्रीको झारफुकले प्लेसिबोको भूमिका खेलेको पाइयो। तसर्थ, बिरामीलाई विभिन्न विधिमार्पmत मनोवैज्ञानिक आत्मविश्वास जगाउन सके अधिकांश रोग स्वतः ठीक हुन्छ भन्ने डा. क्याप्चोकको सन्देश चिकित्साकर्मीलगायत सबैले स्मरण गर्न आवश्यक देखियो।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad