८ वैशाख २०८१ शनिबार
खेल

छात्रछात्रा कबड्डी प्रारम्भ

भक्तपुर – वागीश्वरी मावि च्याम्हासिंह भक्तपुरको हीरक वर्षको उपलक्ष्यमा सोमबारदेखि आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगिता सुरु भएको छ।

काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न दशवटा विद्यालयका छात्रछात्रा सहभागी भएको प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले उद्घाटन गरे। 

छात्रातर्फ  उद्घाटना खेलमा वागीश्वरी मावि, भक्तपुरले ख्वप मावि,  भक्तपुरलाई ३३–३१ स्कोरले पराजितगर्याे भने कन्या मन्दिर मावि, काठमाडौलाई ख्वप्रिङ एकेडेमीले ५०–४० ले  पराजित गर्याे । त्यस्तै छात्रातर्फको अर्को खेलमा भीमेश्वर मावि, काठमाडौंलाई जनसेवा मावि, काठमाडौंले ६०–३८ स्कोरले पराजित  गर्याे। 

त्यस्तै छात्रतर्फको खेलमा बेलोर मावि,काभ्रेले ख्वप्रिङ एकेडेमीलाई ६०–३५ ले परास्त गर्याे भने भीमेश्वर माविले ख्वप माविलाई ४६–३९ ले पराजित गर्याे  । सोमबारकोे अन्तिम खेलमा नेपाल युवक मावि, काठमाडौंलाई सेकरेड हार्ट, माविले २५–४९ हरायो। 

 

प्रकाशित: २६ भाद्र २०७५ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App