coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठूलाे पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डको कालिखोला, जलविरे, चार किलो क्षेत्रमा पहिरो खसेको छ।

रातभरि परेको पानीका कारण खसेको पहिरोले बिहान १ः२५ बजेबाट दुई तर्फी सवारी आवागमन बन्द भएको छ।

ठूलो पहिरो खसेका कारण पहिरो हटाउन दिनभर जसो लाग्ने अनुमान गरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। फेरी पानी नपरे र सजिलोसँग पहिरो हटाउन पाए दिउँसो ३ बजेसम्म सवारी आवागमन गराउन सकिने उनले बताए।

नारायणगढ–मुग्लिन सडकखण्ड भएर यात्रा गर्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सडक आयोजनाले अनुरोध गरेको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App